पर्वत । कुश्मा नगरपालिका ७ गोदाममा 7-A साइड फुटबल प्रतियोगिता शुरुभएको छ । गोदाम युवा क्लबको आयोजनामा आजबाट प्रतियोगिता शुरुभएको हो । प्रतियोगिताको कुश्मा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष पशुराम पुरीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बाल्दै पुरीले वडा भित्र पहिलो पटक यति ठुलो प्रतियोगिता सञ्चालन गरेकोमा क्लबलाई धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो । उहाँले खेलले स्वास्थ जिवन संगै राष्ट्र पहिचानमा टेवा पुर्याउँने बताउँदै खेलकुदको विकासका लागि वडा कार्यालय सधै तत्पर रहेको बताउँनुभयो । पुरीले युवाहरुसंग सहकार्य गरेर वडालाई समृद्धिको बाटोमा धकेल्ने बताउँदै विकास निर्माणका काममा सम्पुर्ण वडाबासी एकजुट हुनुपर्नेमा जोडदिनुभयो । उहाँले वडाको सम्पत्तिको रुपमा रहेको गोदाम खेल मैदानलाई थप व्यवस्थित बनाउँने प्रतिबद्धता समेत गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ७ का निवर्तमान वडाअध्यक्ष सुवासचन्द्र पौडेलले गोदाम खेल मैदानलाई व्यवस्थित गराउँन पुर्व जनप्रतिनिधिहरुले अथक मेहनत गरेको बताउँदै खेलको माध्यमबाट वडाको पहिचान झल्काउँन युवाहरु अग्रसर भएकोमा धन्यवाद दिनुभयो । साथै उहाँले युवाहरुको क्षमता अभिवृद्धिका लागि आफु सधै संगै रहने प्रतिबद्धता गुर्नभयो ।
कार्यक्रममा वडा सदस्य गंगा नेपाली, निवर्तमान वडासदस्य निलराज पुरी, युवा वर्ष प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर नेपाली, भडखोरे सामुदायिक वन उपभोक्ता समितिका सचिव बालकृष्ण शर्मा,समाजसेवी बेल बहादुर बस्याल लगायतले मनतव्य राख्नुभएको थियो । क्लबका अध्यक्ष निर्माण खाण ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सागर गिरीले र सञ्चालन पत्रकार ठाकुर रसाईलीले गर्नुभएको थियो ।
यही चैत्र १२ गते सम्म सञ्चालन हुनुे प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित सिल्ड मेडल र प्रमाण पत्र र दोस्रो द्धितिय हुनेले नगद ५० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बेस्ट पेलेयर र सर्वाधिक गोल कर्ताले कुश्मामा बन्जी गर्ने अवसर पाउने छन । त्यस्तै वेस्ट किपर, वेस्ट डिफेन्डरले कुश्माको हर्नेस जिपलाइनमा स्विङ्ग गर्ने अवसर पाउने छन । खेलमा वेस्ट स्टाइगरलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको कार्यक्रम संयोजक सागर गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याच घोषणा गरी ट्रफी दिने व्यवस्था समेत गरिएको छ ।





