कुश्मामा आजबाट श्री स्वत्मनिरीक्षण भगवत् प्राप्ति श्रीमहायज्ञ शुरु हुदैँ

65

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ४ चिलाउँने चौतारामा आजबाट श्री स्वत्मनिरीक्षण भगवत् प्राप्ति श्रीमहायज्ञ शुरु हुदैँ छ । श्री गायत्री राधामाधव श्री मुक्तिनाथ सत्सङ्ग आश्रमको आयोजना र अन्नत श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा श्रीमहायज्ञ शुरु हुन लागेको हो ।

यहि चैत्र ९ देखि १५ गते सम्म श्री गायत्री राधामाधव मुक्तिनाथ सत्सङ्ग आश्रममा सञ्चालन हुने श्रीमहायज्ञको अन्नत श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले दिउँसो १२ बजे शुभराम्भ गर्ने कार्यक्रम रहेको श्रीमहायज्ञ सम्पादन मुल समितिका अध्यक्ष लोकनाथ आचार्यले बताउँनुभयो । आचार्यले पर्वत जिल्लामा रहेका धार्मिक,ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको प्रचारप्रसार एवं वैदिक सनातन धर्म संस्कृतिको संरक्षणका लागि श्रीमहायज्ञले टेवा पुर्याउँने बताउँनुभयो । उहाँले आर्थिक संकलनका लागि भन्दा पनि पछिल्लो समय मानिस विभिन्न कारणले तनावग्रस्त भएकाले उनीहरुलाई स्वत्मनिरीक्षण गराउँन महायज्ञ आयोजना गरिएको बताउँनुभयो ।

श्रीमहायज्ञमा श्रीमद्भागवत पाठ पारायण,जप होम प्रार्थनाका साथ ध्यान गर्न सकिने श्रीमहायज्ञ सम्पादन मुल समिति सचिव रीता केसी भण्डारीले जानकारी दिनुभयो । साथै श्रीमहायज्ञमा प्रमुख वाचकको रुपमा अन्नत श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य रहेको पनि भण्डारी जानकारी दिनुभयो । श्रीमहायज्ञमा पर्वत जिल्ला सहित छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरुको उपस्थिति रहनेमा आयोजकले विश्वास गरेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here