महाशिला गाउँपालिकाको एसईई नतिजा : दुई विद्यालय शुन्य, सुर्य मावि उत्कृष्ट

2154

पर्वत । माध्यमिक शिक्षा परिक्षा (एसईई) मा महाशिला गाउँपालिकाबाट ८ विद्यालयका १ सय ३६ विद्यार्थी सहभागि हुँदा २६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

गाउँपालिकाका दुई विद्यालयका भने कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेका छैनन् । मदनआश्रीत मा.वि फलामखानी र बालारानी मा.वि बालकोटले शुन्य नतिजा ल्याका हुन् ।मदनआश्रीतबाट ९ र बालारानीबाट २२ जना विद्यार्थीले एसईई पशिक्षा दिएका थिए ।

सामुदायिक विद्यालय मात्र रहेका महाशिलामा ५३ प्रतिशत ल्याउँदै सुर्य मा.वि होश्राङदी उत्कृष्ट बनेको छ । यस विद्यालयबाट १५ जना विद्यार्थीले एसईई दिँदा ८ जना उत्तीर्ण भएका छन् । यस्तै स्वधर्म मा.वि पाखापानीबाट १४ जनामा ४,महेन्द्र ज्योति मा.वि लुंखुबाट ३१ जनामा ४,जनबिकास मा.वि पाखापानीबाट २७ जनामा ६, महेन्द्रोदय मा.वि भोक्सिङबाट ८ जनामा २ र विश्व ज्योति मा.वि पाखापानीबाट १० जना विद्यार्थीले एसईई परिक्षा दिँदा १ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले भने एसईईको नतिजा  सुधारोन्मुख रहेको बताउँनुभयो । उहाँले केही विद्यलायको नतिजा शुन्य भए पनि केही विद्यालयको भने विगत बर्षमा भन्दा राम्रो नतिजा आएकोले प्रतिशतका आधारमा नतिजा सुधारोन्मुख रहेको बताउनुभयो ।
भुषालले गाउँपालिकाले गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिएको बताउँनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रत्येक वडामा आवासीय विद्यालय संचालन गर्ने योजना बनाएका छौ र केही वडामा त संचालननै गरिसक्यौ । अब हामीले व्यावहारिक र आधुनिक शिक्षामा जोड दिन्छौ ।”

एसईईमा अनुत्तीर्ण भएका विद्यार्थीले साउन २३ गते देखी ३१ गते सम्म सञ्चालन हुने पूरक परीक्षामा सहभागी हुन पाउने छन् । पछिल्लो समय एसइईको परीक्षामा लिखित तर्फ ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनुपर्ने प्रावधान छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here