पर्वत । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले आयोजना गरेको गण्डकी प्रदेश स्तरिय तेक्वाण्दो प्रतियोगितामा समन्वय नगरेको भन्दै राष्ट्रिय तेक्वाण्दो संघ गण्डकीले आपत्ती जनाएको छ ।
यहि असार १८र १९ गते पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको प्रतियोगितामा अरु सरह मान्यता पाएको राष्ट्रिय तेक्वाण्दो संघलाई वेवास्त गर्दै कुनै पनि समन्वय नगरी प्रतियोगिता संचालन गरिएको भन्दै संघले आपत्ती जनाएको हो ।
संघले आज विभिन्न माग राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज गुरुङलाई ज्ञापनपत्र समेत बुझाएको छ । संघका अध्यक्ष मदन गुरुङ,प्रशिक्षक,खेलाडी लगायत विभिन्न जिल्लाका अध्यक्षले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेश पोखराले मिति २०८१/०३/१४ गते प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा पत्राचार गरी २०८१ असार १८ र १९ गते पर्वत जिल्लाको कुश्मा तेक्वान्दो प्रतियोगिता हुने र जिल्लाको सक्रिय तेक्वान्दो संघहरुसंग समन्वय गरी टिम छनौट गरी सहभागी गराउँन भनिएकोमा हामी तेक्वान्दो संघलाई राष्ट्रिय भेदभावपूर्ण व्यवहार देखाई जिल्ला जिल्लाबाट छनौटने नगरी अर्को संघसंग मिली एकलौटी ढंगले हाम्रो खेलाडीलाई प्रदेशबाट हुने खेलहरु खेल्नबाट बन्चित गराईएकोमा हाम्रो घोर आपत्ती छ ।’

संघका यस्ता छन् मागहरू
हामीलाई प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेश पोखराले तपशिल अनुसारको बुदाँहरुमा भेदभावपूर्ण गरेकोमा सच्चिई सबै खेलाडी, प्रशिक्षक र खेललाई समान व्यवहार गरी कसैलाई पनी राष्ट्रको सम्पत्तीबाट खेलिने खेलमा बन्चीत नगर्नुहुन अनुरोध गर्दछौ ।
१. प्रदेशबाट आयोजना गरीने खेलहरुमा अवसर दिईनु पर्दछ। राम्रो खेलाडी एंव प्रशिक्षकहरुलाई प्रगतीको बाटो हिड्न दिनु पर्छ। खेलाडी राम्रो उत्पादन गर्न सके कुनै ब्यक्तीको सम्पत्ती हैन राष्ट्रको सम्पत्ती तथा गहना मानिनेछ ।
२. यही आर्थिक वर्ष ०८०/८१ को लागी गत श्रावण महिनामा खेलाडीरप्रशिक्षकरकोच आदीको लागी सूचीकृतको सूचना प्रकाशित गरी प्रतिब्यक्ती रु।१०००र( अक्षरुपी एक हजार रुपैया० लिई सूचीकृत प्रत्येक जिल्ला खेलकुद बिकास समितिबाट भयो । उक्त रकमबाट सबैको ईन्सुरेन्स ९जिबन बिमा० गरिएको छ रे प्रदेशबाट । खेलाडी, प्रशिक्षक ग्रुपको बिमा धेरै लागे २००र३०० दुई तीन सय रुपैयामा हुन्छ बाँकी रकम कहाँ गयो रु खेल खेलाउने अवधीको सो बिमामा हामी यो वर्षभर कही कतै सही तरिकाले समावेश गराएको छैन भने हाम्रो लागी के लाभ मिल्छ उक्त कार्यले । खेलकुद परिषद् खेलाडीहरुको हकहित र सुबिधाको लागी हो। हामीबाट पैसा उठाउने बिभेद गर्नकै लागी त हैन होलानी रु
३. हाम्रो राष्ट्रिय तेक्वान्दो संघ नेपाल बिगत २०६८ साल देखी गण्डकी प्रदेशमा सक्रियछौ। सरकार तथा राज्यको नीति नियम फेरबदल भैरहन्छ सोही अन्तरगत हामीले यस प्रदेशमा पाँचवटा जिल्ला गठन गरी प्रदेशमा दर्ताको लागी जाँदा प्रदेश खेलकुद परिषद्का सदस्य सचिबले सहजीकरण, सहयोग गर्नुपर्नेमा धेरै दुःख दिने काम गर्नु भयो। हाम्रो राष्ट्रिय अधिवेशनको लागी बल्ल बल्ल परिषयद्ले पत्र लेखीदिनु भयो। खेलुकद परिषद् हामी खेलप्रेमी सबैको हुनु पर्नेमा हाम्रो बिरुद्धमा लागेको हामीलाई भान भएको छ । निश्पच्छ्य र बिभेद नगरी काम गर्नुहोस् सधै हामी खेलको विकासमा हातेमालो गरी अगाडी बढ्नेछौ ।
४. खेलाडी र प्रशिक्षक सडकमा हैन खेल खेल्ने स्थानमा उतार्ने वातावरण मिलाउनु पर्छ प्रदेश खेलकुद परिषद्ले । अदालतको निर्णय जे आए पनी राम्ररी अध्ययन गर्न जरुरी छ। यदी हाम्रो राष्ट्रिय तेक्वान्दो संघ नेपाल खारेज भएको र अर्को संघ जिबित भएको भनिएको छैन, यदी छ भने सदस्य सचिबज्यू गण्डकी प्रदेश माताहातको जिल्ला खेलकुद बिकास समितिहरुलाई पत्राचार गरी जानकारी दिनुस् हामीलाई पनी दिनुस हामी सोही अनुसार अगाडी बढ्नेछौ ।
५. आर्थिक वर्षको अन्तिम महिना असारे यो झरी महिनामा गण्डकी प्रदेश खेलकुद परिषद्ले के का लागी खेलकुद प्रतियोगिताहरु आयोजना गरेको रु यसको उपलब्धी के रु खै त जिल्ला जिल्लाबाट खेलाडीहरु छनौट गरेको रु २०८१र०३र१४ गते लेखेको पत्रले २०८१ असार १८ र १९ गते सबै जिल्लाले टिम मात्र पठाएर हुन्छ रु तयारी अवधी खै रु यो प्रतियोगिताहरुले खेलाडी प्रशिक्षकको मनोबल बढ्छ रु राष्ट्रको सम्पत्ती आर्थिक वर्ष सकिन लाग्यो भनेर सक्नै पर्ने हो रु सही निर्णय गरी खेलकुद अगाडी बढाउनुहोस् हाम्रो सधै साथ सम्मान रहनेछ प्रदेश खेलकुद परिषद् प्रती ।





