भाङ्ग्रा बनाउन सिकाउने बेलमाया

5

कुश्मा नगरपालिका वडा नं ५ भण्डारीटोल बस्ने बेलमाया पुनले आफ्नो खाली समयमा भाङ्ग्रा बनाउने गर्छिन् । उमेरले ४४ पुगेकी पुनले आफू मात्र भाङ्ग्रा बनाउदिन्न आफू जस्तै महिला दिदिबहिनीरुलाइ पनि आफुले जानेको सीप सिकाउनेगर्छिन ।
पुनले कहिकतै तालिम लिएर भने भाङ्ग्रा बुन्न थालेकी होइन्न उनले आफ्नो जातिको परम्परागत पोसाकलाई जोगाइराख्न आफ्नो आमाबाट भाङ्ग्रा बुन्न सिकेको सुनाइन् ।
उनी भन्छिन् ” पछिल्लो पुस्ताले भाङ्ग्रा लगाए पनि बुन्न त्यति चासो देखाउदैन्न । अहिले त मेसिनबाट पनि भाङ्ग्रा बनाइन्छ तर हातले नै बनाए जस्तो त काहोस र ।”
बेलमाया पुनसंगै भाङ्ग्रा बुनिरहेकी माया पुनले स्थानीय सरकारले आफुहरुलाइ तालिम दिएमा व्यवसायीक रुपमै यो पेसालाई लैजान सक्ने बताइन् ।
गुरुङ र मगर जातिको परम्परागत भाङ्ग्रालाई ती जातिका विशेष र अनिवार्य पोशाक मानिन्छ। पछिल्लो समय भाङ्ग्राको माग पनि बढी छ । अहिले फेसनका रुपमा पनि भाङ्ग्रा लगाएको देखिन्छ ।
स्थानीय सरकारको सहयोगमा व्यवसायीक रुपमा यो पेसालाई अघि बढाए महिला दिदिबहिनीहरु आफैमा आत्मनिर्भर बन्न सक्थे ।
आफ्नो घर बाहिर भाङ्ग्रा बनाइरकेका तिनै महिला दिदिबहिनीसंग गरिएको कुराकानी ।

https://www.facebook.com/share/v/7LcG22XJG5D1yjBi/?mibextid=oFDknk

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here