जलजला दम्पत्ती हत्यामा अनुसन्धान गरेका डिएसपी भुसाल सहितको टोली सम्मानित

127

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा नं २ मल्लाज दहमा एक दम्पत्ती हत्यामा संलग्न अपराधीलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख (डिएसपी )खुमलाल भुसाल सहित अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरेको छ ।

दम्पत्ती हत्याको अनुसन्धानमा खटिई हत्याको कारण र हत्यारा पत्ता लगाउन सफल भएको  भन्दै  प्रहरी कर्मचारीलाई दिइएको जिम्मेवारी ईमान्दारी, बफादारी भई उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेकोले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा उनिहरुको मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा अझ बढी प्रभावकारिता आउने देखिएकोले सम्मान गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

गत चैत्र २० गते विहान जलजला गाउँपालिका वडा नं. २ सानो दह स्थित आफ्नै घरको भुईतलाको कोठामा ६९ बर्षका सुर्य बहादुर घर्ती र ६३ बर्षकी उनकी श्रीमती गमला घर्ती मृत अबस्थामा फेला परेका थिए ।

घटनाको केन्द्रिय अनुसन्धान ब्युरो,प्रदेश प्रहरी,जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला प्रहरी कार्यालय पर्वतले संयुक्त रुपमा “मिसन लालिगुँरास” नामक टोली गठन गरी गठीत अनुसन्धान टोलीले घटनास्थलको सुक्ष्म अध्ययन तथा बिश्लेषण, प्राविधिक विश्लेषण, सुचना संकलन तथा बिश्लेषण एवं बिषेशज्ञको राय समेतको अनुसन्धानका विभिन्न विधी प्रयोग गरी हत्यामा संलग्न रहेको भन्दै १ महिना पछि पर्वत जिल्ला जलजला गाउँपालिका वडा न २ नेपाने वस्ने ३२ बर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउँपालिा वडा न २ बौरमा बस्ने दिपक दर्जीलाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।

साथै मृतकका लुटेका सुनका गरगहना गाल्न सहयोग गर्ने कर्ण बहादुर वि.क र गालेको सुन खरिद गर्ने परसुराम बि.कलाइ समेत प्रहरीले पक्राउ गरेको छ ।

सम्मानित जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले यस्ता खालका सम्मान,समन्वय र सहयोगले नेपाल प्रहरीलाई हौसला मिल्ने गरेको र प्रहरी सङ्गठन प्रती जनताको विश्वास झन बढ्ने विश्वास व्यक्त गर्नुभयो । भुसालले आफुहरुलाई मात्र यो सम्मान नभएर अनुसन्धानमा सहयोग गर्ने सबैलाई भएको पनि बताउनुभयो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here