लामो खडेरीले खेतबारीमा मकै सुक्न थाले, किसान चिन्तित

98

पर्वत । लामो समय खडेरी पर्दा खेतबारीमा मकै सुक्न थालेका छन् । फागुन यता एक दुई पटक फ्याटफुट बर्षा भए पनि ठुलो बर्षा भने हुन सकेको छैन । बर्षा नहुदाँ किसान चिन्तित छन् । मोदी गाउँपालिका वडा ५ बाजुङका सन्तोष कुवरले फागुनमा बारीमा छरेका मकै राम्रोसंग सप्रिन नपाउँदै सुक्न थालेको बताए ।

मकै राम्रोसंग हुर्कन नपाउँदै सुक्न थालेका छन् उनले भने अझै दुई चार दिन पानी नपरे त यसपाली मकैको आशै नगरे हुन्छ । कुवरका अनुसार गत वर्ष यो समय मकै गोड्ने बेला हो । तर यो पटक लामो खडेरीका कारण मकै खेतबारीमै सुक्न थालेका छन् । समयमै पानी नपर्नु र अत्यधिक गर्मी बढ्दै जादाँ सिँचाई आभवमा मकैबाली सुक्न थालेको कुवरले बताए ।

पर्वत सहित देश भरका किसान यति बेला चिन्तित छन् । मकैबालीबाट आम्दानी गर्नेेहरु यस वर्ष मकै राम्रो नहुने भएपछि निरास छन् ।

मकैबाली मात्रै नभई तरकारी खेती गर्नेहरु समेत वर्षा नहुदाँ मारमा छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्नेहरु पानी अभावमा तरकारी फस्टयाउन नपाउँदा उत्पादन घटिरहेको बताउँछन् ।

लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ । पानीका मुहान सुकेका छन् । गाउँमा खानेपानीको समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका कारण बिरामी बढ्ेका छन् ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here