सक्सेशका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बिदाई

5

पर्वत । कुश्मामा रहेको सक्सेश ल्याङ्गोइज ईन्स्टिच्युट कुश्माले उच्च शिक्षा हासिल गर्न जापान जाना लागेका विद्यार्थीहरुलाई शुभकामना तथा विदाइ कार्यक्रम गरेको छ । कुश्मामा आज एक कार्यक्रमका बिच बधाई तथा बिदाई कार्यक्रम सम्पन्न गरेको हो । सक्सेश ल्याङ्गोईज इन्सिच्युटका संचालक रामचन्द्र सुवेदीले आफ्ना विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिदै दक्षता हासिल गरे पछि पुन नेपालमै आएर खर्चिन आग्रह गरे ।
कार्यक्रममा विभिन्न सामाजिक एवम् शिक्षाप्रेमी व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो ।

सक्सेश ल्याङ्गोइज ईन्स्टिच्युटका संचालक रामचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सलिना पौडेलले र संचालन सन्तोष पाठकले गरेका थिए भने विद्यार्थीको तर्फबाट अनुप क्षेत्री र नम्रता क्षेत्रीले धन्यवाद मन्तव्य राखेका थिए ।
यस ईन्स्टिच्युटबाट Appril intake 2024 मा ५० जना विद्यार्थीले अध्यनको लागि भिजा प्राप्त गरेको संचालक सुवेदीले बताए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here