नेष्डो नेपालद्वारा मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न र नगद सहयोग

70

पर्वत । सामाजिक कार्यमा सक्रिय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल) ले मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाको ३० औं स्थापना दिवस एवम् संस्थाका संस्थापक अध्यक्ष विश्व प्रसाइको ५३ औं जन्मोत्सवका अवसरमा आयोजित साप्ताहव्यापीक कार्यक्रम अन्तर्गत आज दोस्रो दिन आश्रममा खाद्यान्न सामाग्री सहित नगद सहयोग गरिए हो ।

एक कार्यक्रमका बीच आश्रमलाई दाल,चामल,चिनी,नुन,तेल तराकारी लगायतका खाद्यान्न सामाग्री सहित नगद रु ५ हजार सहयोग गरिएको संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइले बताउनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रसाइले आफू लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेको बताउँदै सामाजिक काम गर्दा मनमा आनन्द मिल्ने बताउनुभयो । उहाँले सेवा नै धर्म भएको बताउँदै कहिन कतैबाट समाजसंग जोडिनुपर्ने धारण राख्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व सांसद निर्मला क्षेत्री,फेडेन नेपालका उपाध्यक्ष सुलोचना सिग्देल,फेडन नेपाल केन्द्रिय सदस्य बाबुराम पौडेल,सुदुरपश्चिमका अध्यक्ष उपेन्द्र खड्का,पत्रकार ठाकुर रसाइली लगायतले मनतब्री राख्नुभएको थियो ।

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)का संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत संस्थाका कोषाध्यक्ष सावित्री खत्री लामिछाने र संचालन संस्थाका आजिवन सदस्य इश्वरी शर्माले गर्नुभएको थियो । मनोरोग, अपाङ्गता, गरिबी जस्ता कारणले सहाराविहीन बनेका नागरिकहरु यस आश्रममा बस्दै आइरहेका छन् ।

यसैबीच सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन जिल्ला अस्पताल पर्वतका बिरामीलाई फलफुल वितरण गरिने र चौथो विश्व मजदुर दिवस रहेकाले विश्व मजदुर दिवस विशेष कार्यक्रम रहने छ । पाँचौ दिन वैशाख २० गते प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम संचालन गरिने प्रसाइले बताउनुभयो । कार्यक्रमको छैठौं दिन शैक्षिक सहयोग, जेष्ठ नागरीक सम्मान तथा गुरु सम्मान कार्यक्रम रहेको छ भने सातौं दिन सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने बताइएको छ । २२ गते सप्ताहव्यापी कार्यक्रम समापान गरिने छ
२०५२ सालमा स्थापना भएको संस्थाले शिक्षा,स्वास्थ्य,संचार मानव अधिकार र सामाजिक सेवामूलक अभियान संचालन गर्दै आइरहेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here