नेष्डो नेपालको ३० औं स्थापना दिवस: सम्मान एवम् आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

18

पर्वत । नेपालमा गरीबी रहेसम्म गरीबी विरुद्धको हाम्रो लडाइ निरन्तर जारी रहनेछ भन्ने नाराका साथ स्थापित राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल) को ३० औं स्थापना दिवस एवम् संस्थाका संस्थापक अध्यक्ष विश्व प्रसाइको ५३ औं जन्मोत्सवका अवसरमा आयोजित साप्ताहव्यापीक कार्यक्रम शुरु भएको छ ।
वैशाख १६ देखि २२ गते सम्म चल्ने विभिन्न कार्यक्रमको आइतबार पहिलो दिन शुभराम्भ समारोहमा विभिन्न क्षेत्रका ब्याक्तित्वहरुलाइ सम्मान गरिएको छ ।

संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइले आफ्नो जन्मोत्सवको अवसरमा व्यक्तिगत तर्फबाट हिमालय शिद्व महायोग केन्द्र पर्वतको स्थापनाका लागि १ लाख आर्थिक सहयोग गर्नुभएको छ । त्यस्तै ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्मालाई ३० हजार सहयोग गर्नुभयो । त्यस्तै आगलागी पीडित कुश्मा नगरपालिका-३ दुर्लुङका पुर्ण प्रसाद शर्मा र मनमाया बिकलाई संस्थागत १०/१० हजार र व्यक्तिगत ५ हजार गरि नगद १५/१५ हजार सहयोग हस्तान्तरण गर्नुभयो ।
त्यसैगरी फलेवास नगरपालिका-३ शंकरपोखरी निवासी अज्ञात रोगबाट पीडित सपना घिमिरेलाई १५ हजार, ब्रेन ट्युमर पीडित कुश्मा नगरपालिका-३ दुर्लुङ निवासी पदमपाणी पाध्यालाई १५ हजार आर्थिक सहयोग गरिएको छ । सिलाई व्यवसाय प्रवर्द्धनका लागि मोदी गाउँपालिका-५ बाजुङका प्रेम परियारलाई इन्टरलक मेसिन सहयोग गरिएको छ ।
हेफर इन्टरनेशनल नेपालका केन्द्रिय सचिव निर्मला क्षेत्री, सामाजिक अभियन्ता फेडेन नेपालका उपाध्यक्ष सुलोचना सिग्देल, फेडेन नेपालका केन्द्रिय सचिव जय प्रसाद राय, जिल्ला अस्पताल पर्वतका अध्यक्ष शंकर गिरि, पत्रकार ओम प्रसाद घायललाई सम्मान गरिएको छ । कलाकारिता सम्मान तर्फ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल पर्वतका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठ, लोक दोहोरी गित प्रतिष्ठान पर्वतका सह-सचीव अर्जुन थापा मगर र सदस्य कृष्ण कडेललाई नगद सहित सम्मान गरिएको छ ।कार्यक्रममा संस्थाका कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीले नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको जिवनी प्रस्तुत गर्नुभयो । त्यस्तै कार्यक्रममा भजन मार्फत कलाकार कृष्ण कडेल र कविता मार्फत कृष्णराज पौडेलले प्रसाइलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।

यसैबीच सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री तथा मानवीय राहात सहयोग गरिने बताइएको छ । तेस्रो दिन जिल्ला अस्पताल पर्वतका बिरामीलाई फलफुल वितरण गरिने र चौथो विश्व मजदुर दिवस रहेकाले विश्व मजदुर दिवस विशेष कार्यक्रम रहने छ । पाँचौ दिन वैशाख २० गते प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम संचालन गरिने प्रसाइले बताउनुभयो । कार्यक्रमको छैठौं दिन शैक्षिक सहयोग, जेष्ठ नागरीक सम्मान तथा गुरु सम्मान कार्यक्रम रहेको छ भने सातौं दिन सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने बताइएको छ । २२ गते सप्ताहव्यापी कार्यक्रम समापान गरिने छ

२०५२ सालमा स्थापना भएको संस्थाले शिक्षा,स्वास्थ्य,संचार मानव अधिकार र सामाजिक सेवामूलक अभियान संचालन गर्दै आइरहेको छ । सामाजिक एवम् राजनैतिक व्यक्तित्व विश्व प्रकाश प्रसाइले आफ्नो जन्मोत्सवमा हरेक बर्ष यसरी नै सामाजिक कार्य एवम् सामाजिक अभियानहरु चलाउदै आइरहनुभएको छ । नेपालमा गरिबी रहेसम्म गरिबी विरुद्धको लडाइमा निरन्तर लागिरहने उहाँले बताउनुभयो ।
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालका अध्यक्ष रन्त प्रसाद अधिकारीको अध्यक्षता, संस्थापकका आजिवन सदस्य उत्तम प्रसाद अधिकारीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन आजिवन सदस्य सुस्मा प्रसाइले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here