नेष्डो नेपालको स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम हुने

57

पर्वत । सामाजिक कार्यमा सक्रिय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालको ३० औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ । संस्थाको स्थापना दिवस एवम् संस्थाका संस्थापक अध्यक्ष विश्व प्रसाइको ५३ औं जन्मोत्सवका अवसरमा वैशाख १६ देखि २२ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

कार्यक्रम अन्तर्गत पहिलो दिन वैशाख १६ गते कुश्माको युनिभर्सल पाटी प्यालेसमा साप्तहिक कार्यक्रम शुभारम्भ समारोह रहने संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईंले जानकारी दिनुभयो । कार्यक्रमको दोस्रो दिन बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री तथा मानवीय राहात सहयोग गरिने बताइएको छ । तेस्रो दिन जिल्ला अस्पताल पर्वतका बिरामीलाई फलफुल वितरण गरिने र चौथो विश्व मजदुर दिवस रहेकाले विश्व मजदुर दिवस विशेष कार्यक्रम रहने छ । पाँचौ दिन वैशाख २० गते प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम संचालन गरिने प्रसाइले जानकारी दिनुभयो । कार्यक्रमको छैठौं दिन शैक्षिक सहयोग, जेष्ठ नागरीक सम्मान तथा गुरु सम्मान कार्यक्रम रहेको छ भने सातौं दिन सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने बताएको छ ।
कार्यक्रम शुभारम्भ समारोहमा पर्वतका कलाकार,पत्रकार, राजनितीज्ञ लगायत सामाजिक व्यक्तित्वहरुलाइ सम्मान गरिनुका साथै विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिने बताइएको छ ।
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रसाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन रेडियो समृद्धका स्टेसन म्यानेजर उत्तम अधिकारीले गर्नुभएको थियो ।
२०५२ सालमा स्थापना भएको संस्थाले शिक्षा,स्वास्थ्य,संचार मानव अधिकार र सामाजिक सेवामूलक अभियान संचालन गर्दै आइरहेको छ ।
सामाजिक एवम् राजनैतिक व्यक्तित्व विश्व प्रकाश प्रसाइले आफ्नो जन्मोत्सवमा हरेक बर्ष यसरी नै सामाजिक कार्य एवम् सामाजिक अभियानहरु चलाउदै आइरहनुभएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here