पर्वतका कार्यालय प्रमुख र पत्रकार वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

32

पर्वत । जिल्लामा रहेका सरकारी निकायका कार्यालयका प्रमुखसंग पत्रकारको अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको कार्यप्रगति समिक्षा तथा अन्तरसम्बाद कार्यक्रममा सरकारी निकायले जनगुनासो नआउने गरी काम गर्न पत्रकारहरुले सुुझाब दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले जनताको काम गर्दा ढिलासुस्ति र अनियमितता नगर्ने निर्देशन दिए । सरकारी कार्यालयहरुमा दैनिक सम्पादन हुने काम सहज र सरल तरिकाले गर्नुपर्ने प्रजिअ आचार्यको भनाई थियो । प्रजिअ आचार्यले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुले बस्तुनिष्ट पत्रकारिता गरेको भन्दै मुलधारको पत्रकारिता मार्फत खेलेको भूमिको प्रशंसा समेत गरेका थिए ।

जिल्लाका झण्डै २५ वटा सरकारी कार्यालयहरुले चौमासिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए । कार्यालयहरुको प्रगति समिक्षा पछिको अन्तरसम्बादमा पत्रकारहरुले कार्यालय प्रमुखहरुले जिल्लाको विकास निर्माणमा खेलेको भूमिको प्रशंसा गर्दै जनगुनासो आउने गरी काम नगर्न सुझाब दिएका थिए । सञ्चारकर्मी तथा पत्रकारहरुले शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार तथा वन कार्यालयसंग विभिन्न प्रश्नहरु समेत सोधेका थिए ।

पत्रकारहरुको प्रश्न र जिज्ञासाहरुको समेत उत्तर दिदै कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयबाट सम्पादन हुने कामको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, पूर्व अध्यक्ष ओम शर्मा, सचिव राजबाबु पिसी, पत्रकारहरु गणेश पौडेल, गणेश गिरी, सुमन थापा, ठाकुर रसाइली लगाएतले कार्यालयबाट सम्पादन हुने सेवा प्रवाहको बारेमा प्रश्न र सुझाब राखेका थिए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here