हार्नेस् जिपलाइन एन्ड एडभेन्चर रिसोर्टमा मिस्टर एन्ड मिस नेसनलको ट्यालेन्ट र स्विम वेयर राउन्डको छायांकन

26

पर्वत । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सकिएको छ।

मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एन्ड एडभेन्चर रिसोर्टमा यी दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको हो।

हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवाक गरे। सन्तोष उपाध्यायसहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, समा पराजुली र स्मिता तामाङ यस राउन्डका निर्णायक थिए।तीन घण्टासम्म चलेको ट्यालेन्ट राउन्डमा प्रतियोगीहरूले आफ्नो दमदार प्रतिभा देखाए। कसैले नृत्य र गीतका माध्यमबाट संगीतमय माहोल बनाए। केहीले भने कविता वाचन गर्दा कसैले पेन्टिङ बनाएर कला प्रस्तुत गरे। केहीले स्टेजमा ड्रामासमेत प्रस्तुत गरे।

फरकफरक विधाका प्रस्तुतिले निर्णायकहरूलाई पनि निर्णय गर्न सकस परेको थियो। यद्यपि, ट्यालेन्ट राउन्डबाट महिलातर्फ शीर्ष ५ र पुरुषतर्फ शीर्ष ३ प्रतियोगीको नाम घोषणा गरिएको थियो। महिलातर्फ प्रिया उपाध्याय, शृयंका थापा, अदीति श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप ५ पाँचभित्र परे।पुरुषतर्फ भने सन्देश सिटौला, विप्लवराज नागनहर र मनीष श्रेष्ठ उत्कृष्ट तीनमा छनोट भए।  

यस राउन्डको निर्णायकको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पल कार्की र अभिषेक मोहन्टी थिए।

सबटाइटल राउन्डको विजेता फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक सन्तोष उपाध्ययले पहिलोपटक उपत्यकाबाहिर कुश्मामा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए।

हार्नेस् जिपलाइन एन्ड एडभेन्चर रिसोर्टसहित स्थानीय सरोकारवालाको सहयोगले सबटाइटल राउन्ड सफलतापूर्वक सकिएको भन्दै आभार व्यक्त गरे। कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलगायतका स्थानीय प्रतिष्ठित व्यक्तिहरूको पनि उपस्थिति थियो।

आउँदो शनिबार टप मोडल राउन्ड र एलिगेन्स राउन्ड ललितपुरको पाटन दरबार संग्रहालयमा हुनेछ। प्रतियोगिताको फिनाले वैशाख १९ मा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here