चट्याङका कारण घर जलेको क्षेत्री परिवारलाई महाशिला गाउँपालिकाको सहयोग

145

पर्वत । महाशिला गाउँपालिका वडा नं ४ धुवाँकोटमा घरमा चट्याङ पर्दा आगलागी भएर पुर्ण रुपमा जलेर क्षति भएको पवित्रा क्षेत्रीको परिवारलाई महाशिला गाउँपालिकाले सहयोग गरेको छ ।
आज जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिश्वकर्मा,महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसाल लगायतको जनप्रतिनिधि,कर्मचारी र प्रहरीको टोलीले घरको अनुगमन गरि हाललाई गाउँपालिकाको तर्फबाट नगद एक लाख र लत्ताकपडा सहयोग गरिएको हो ।

शनिवार साँझ ६ बजेको समयमा स्थानीय पवित्रा क्षत्रिको घरमा चट्याङ परेको थियो । चट्याङले विद्युत सर्ट भई आगालागी हुँदा दुई तले कच्ची घर पुर्ण रुपमा नष्ट भएको छ ।
साँझको समय भएका कारण मानविय र पशुचौपायाको क्षति भने भएको छैन । घर जल्दा नगद, अन्नपात, लत्ताकपडामा पुर्ण रुपमा क्षति भएको छ ।
चट्याङका कारण विद्युत प्रशारण लाईनको ३३ केभि सवस्टेसन अन्तर्गत ११ के भी रानीपानी फिडर को ब्रेकरमा समेत क्षति पुगेको छ । उक्त फिडर अन्तरर्गत पर्ने पर्वतको महाशिला गाउँपालिकाका बालकोट, होस्राङ्दी, भोक्सिङ र बिहादी गाउँपालिकाका उराम, वहाकी, रानीपानी, बराचौरमा विद्युत सेवा अवरुद्ध बनेको छ ।
चट्याङले जिल्लाका विभिन्न ठाउँका व्यक्तिगत घरका मिटर बक्स जल्ने, इन्टरनेटका उपकरणमा क्षति पुगेको भएपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here