सहिद स्मारक बोर्डिङ स्कुल कुश्माको अभिभावक सचेतना कार्यक्रम

83

पर्वत । सकारात्मक अभिभावकत्व र प्रारम्भिक बाल्यकाल शिक्षा बिषयक कार्यशाला कुश्मामा सम्पन्न भएको छ । बिहिबार सहिद स्मारक अङ्ग्रेजी आवासीय माध्यमिक बिद्यालय कुश्माको आयोजनामा बन्दना पार्टी प्यालेस कुश्मामा कार्यक्रम सम्पन्न भएको हो ।

अभिभावकलाई सचेतना गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक तेजेन्द्र सुबेदीले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रमले अभिभावकलाई थप जिम्मेवारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

करिब २५० जना अभिभावकको उपस्थिति रहेको उक्त कार्यशालाको सहजिकरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त TESTEC गण्डकीका प्रशिक्षक डा. टोबि जेम्स , प्रदीप पराजुली र प्रतिभा न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रम जिल्लामा नै नयाँ र उपलब्धिमुलक रहेकोेले अत्यन्तै प्रभावकारी र प्रेरणादायी भएको बक्ताहरुले बताएका थिए ।
कुश्मा नगरपालिका सामाजिक बिकास संयोजक तथा वडा नं ६ का वडा अध्यक्ष इश्वर गिरिको प्रमुख आतिथ्यता र कुश्मा नगर पालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक सुवेदीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष किशोर भण्डारीको अध्यक्षता , अभिभावक पुनम गिरिको स्वागत र शिक्षक पार्वता पोखरेलको संचालन रहेको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here