राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतद्धारा शैक्षिक सामाग्री वितरण

88

पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा पर्वतले शैक्षिक सामाग्री वितरण गरेको छ । मंगलबार जिल्ला शाखा पर्वतले प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस एवम् लोक दोहोरी दिवसको अवसर पारी कुश्मा नगरपालिका वडा नं ९ मा रहेको जनप्रिय आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत करिब २८ जना विद्यार्थीहरुलाई कपि,कलम झोला सहितका शैक्षिक सामाग्री वितरण गरेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिनुभयो । कार्कीले आफुहरुले समाजमा सकारात्मक सन्देश दिन विगतदेखि नै सामाजिक कार्यहरु गर्दै आइरहेको र सोही अनुरुप यो पनि एउटा कदम भएको बताउँनुभयो । उहाँले शैक्षिक गुणस्तर तथा पढ्नुपर्छ भन्ने भावनालाई प्रोत्साहन गर्न शैक्षिक समाग्री वितरण गरेको बताउँनुभयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेष्डो समृद्ध ग्रुपका अध्यक्ष एवम् सामाजिक अभियान्ता विश्व प्रकाश प्रसाईले लोक दोहोरी प्रतिष्ठानले गरेको कार्य निकै प्रशंसनिय रहेको बताउँनुभयो । प्रसाईले कलाकार नाच्ने र गाउँने मात्रै नभई सामाजिक कार्यमा पनि अग्रसर रहको यस कार्यले प्रष्ट पारेको बताउँनुभयो । उहाँले विद्यार्थीको पढाईप्रतिको लगावलाई यस्ता कार्यक्रमले थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रसाईले पारिवारिक आर्थिक विपन्नताले पढाईबाट बन्चित हुनुपर्ने स्थितिलाई यस कार्यले रोक्ने बताउँनुभयो ।
शैक्षिक सामाग्री प्रतिष्ठानका सदस्य बसन्त बास्तोलाको सहयोगमा वितरण गरिएको हो । वास्तोलाले आफुले आम्दानी गरेको केही प्रतिशत रकम हरेक वर्ष सामाजिक कार्यमा खर्च गर्दै आइरहनुभएको छ । उहाँले मनको खुशीका लागि र समाजमा केही न केही सकारात्मक कार्यले प्राभाव पार्नुपर्छ भन्ने उदेश्यले सहयोग गर्दै आइरहेको बताउँनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा पर्वतका संस्थापक अध्यक्ष चित्र सागर श्रेष्ठ, निवर्तमान अध्यक्ष दिपक गदाल,कुश्मा नगरपालिका वडा नं ९ का वडा सदस्य शान्ति सुनार,प्रेस युनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी, सञ्चारकर्मी ठाकुर रसाईली, जनप्रिय आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव लामिछाने, प्रधानध्यापक कमला पौडेल,महिला संघ कुश्मा नगरपालिका सभापति संगिता लामिछाने इनरह्विल क्ल्ब अफ पर्वतका पुर्व अध्यक्ष खिममाया पाईजा, लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष सुवेदीले र सञ्चालन सह—सचिव अर्जुन थापा मगरले गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कलाकारहरुले लोक दाहोरी गितहरु मार्फत उपस्थित विद्यार्थी तथा दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा पर्वतले लोक दोहोरीको जर्गेना संगै बेला बेलामा सामाजिक कार्य गर्दै आइरहको छ ।

[sidebar name="After post"]