नव गायक बास्तोलाको “कुश्मा पारी बलेवा कैया” लोक गित सार्वजनिक

102

पर्वत । नव लोक तथा दोहोरी गायक वसन्त बास्तोलाको पहिलो गित सार्वजनिक भएको छ । आज कुश्मामा एक कार्यक्रमका बिच बास्तोलाको “कुश्मा पारी बलेवा कैया” बोलको लोक गित सार्वजनिक भएको हो । गित बाबा इन्टरटेन्मेट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । शोभा परियार र बसन्त बास्तोलाको स्वर रहेको गितमा स्वयम् बास्तोलाको सब्द र लोक तथा दोहोरी गायक अर्जुन थापाको लय रहेको छ ।
पर्वत र बागलुङका विभिन्न पर्यटकीय स्थलहरुमा छायांकन गरिएको गितको भिडियोमा पछिल्लो समयकी चर्चित डान्सर जुनु एसडी र विशाल बोहराको अभिनय रहेको छ भने भिडियोको सम्पादन कमल मिजार निर्देशन अर्जुन थापाले र नृत्य निर्देशन जुनु एसडिले गरेका हुन ।
मौलिक रुपमा तयार पारीएको गितले दर्शक स्रोताको मन जित्नेमा ढुक्क रहेको नव गायक बास्तोलाले बताए ।
(हरौ भिडियो)

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here