पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पर्वतको कुश्मा बजारमा निर्माणाधीन गुप्तेश्वर धार्मिक तथा पर्यटन प्रबर्द्धन केन्द्रको अवलोकन गरेका छन् ।
विश्वकै अग्लो शिव र पार्वतीको मुर्ती निर्माणस्थलमा पूर्वाधार निर्माणको काम भैरहेको छ । अवलोकन पश्चात पत्रकारहरु संगको कुराकानीमा मुख्य मन्त्री पाण्डेले निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको बताए ।
(भिडियो सामाग्री)
https://www.facebook.com/share/p/yMkR7uFdQ1YruBVX/?mibextid=2JQ9oc





