सामाजिक बिकास कार्यालय पर्वतको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु

67

पर्वत । सामाजिक बिकास कार्यालय पर्वतको आयोजनामा आइतबार देखि दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारी र सामाजिक बिकास समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको कार्यालयका प्रमुख टंक प्रसाद ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सरकारको सामाजिक क्षेत्रको जिम्मेवारी तथा सामाजिक क्षेत्रको कार्य जिम्मेवारी, सामाजिक क्षेत्रमा यस आर्थिक बर्षका निति तथा कार्यक्रम, कार्यक्रम कार्यान्वयनमा स्थानिय तहको भुमिका,सामाजिक विकास कार्यालय पर्वतको कार्य जिम्मेवारी तथा सामाजिक क्षेत्रमा यस आर्थिक बर्षका कार्यक्रमहरु महिला अधिकार र नितिगत तहमा महिलाको सहभागिता, बाल अधिकार र स्थानिय तहमा बालअधिकार संरक्षण प्रणाली लगायतका बिषयमा छलफलसंगै सहजीकरण गरिने ढकालले बताउनुभयो । यस कार्यक्रमले महिला, बालबालिका, जेष्ठ नागरिक अपाङ्ग भएका व्यक्ति तथा लैङ्गिक एवं अल्पसंख्यकहरूको क्षेत्रमा जिल्ला भित्रका स्थानीय तह एवं जिल्ला स्थित कार्यालयहरू समेतबाट सम्पादन हुने कार्यक्रमहरुमा प्रभावकारिता वृद्धि गर्न मद्दत पुग्ने ढकालले बताउनुभयो ।

कार्यक्रममा बद्री वाग्लेले र कार्यालय प्रमुख टंक प्रसाद ढकालले सहजिकरण गर्नुहुनेछ ।
सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख टंक प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको उदघाट्न कार्यक्रममा स्वागत सहायक प्रसासकिय अधिकृत बालकृष्ण घिमिरेले र संचालन सामाजिक बिकास परिचालक सदिच्छा पोखरेलले गर्नुभएको थियो । कार्यक्रम विभिन्न पालिका र संघसंस्थाका गरी ३० जनाको सहभागीता रहेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here