कुश्मामा धुर्मुस सुन्तलीको विशेष प्रस्तुति रहने

128

पर्वत । चर्चित हास्य कलाकार केदार घिमिरे `धुर्मुस´ र कुन्जना घिमिरे `सुन्तली´को कुश्मामा विशेष प्रस्तुति रहने भएको छ । लामो समय देखि पर्वतमा सांगीतिक कार्यक्रम गर्दै आइरहेको रिड्म्स म्युजिक ग्रुपको आयोजनामा धुर्मुस सुन्तली हास्य व्यंग्य साँझ २०८० हुने भएको हो ।

अनाथ,असहाय,गरिब तथा जेहेन्दार बालबालिकाको सहयोगका लागि यहि फागुन २ गते सिद्धेश्वर चलचित्र मन्दिर कुस्माको हलमा धुर्मुस सुन्तलीको प्रस्तुतिसंगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको रिड्म्स म्युजिक ग्रुपका निर्देशक सन्दिप बस्यालले जानकारी दिए ।

केही समय कलाकारिताबाट टाढा रहेका धुर्मुस सुन्तली पुन कलाकारितामा फर्किएसंगै पर्वतमा पनि उनिहरुको माग रहेकोले यो कार्यक्रम गर्न लागिएको बस्यालले बताए ।उनले कार्यक्रम अवलोकनका लागि सबैमा अनुरोध गरेका छन ।

कार्यक्रममा दर्शकका लागि १ सय र ५ सयको टिकट रहने आयोजकले बताएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here