१६ औँ राधाचन्द्र स्मृति दिवस : विविध कार्यक्रम सहित माघ २९ गते मनाइने

52

पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १६ औँ राधाचन्द्र स्मृति दिवश मनाउने तयारी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले स्मृति दिवशमा गरिने कार्यक्रमको बारेमा जानकारी दिएको छ । आयोजकले कार्यक्रमको तयारी धमाधम गरिरहेको जानकारी दिएको छ । स्मृति प्रतिष्ठानमा प्रमुख आतिथीको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निम्ताएको छ । दिवशको अवसरमा शहिदहरुको सम्मान, सांस्कृतिक कार्यक्रम तथा राधाचन्द्रको जीवनीको बारेमा जानकारी दिने जनाईएको छ ।


स्मृति प्रतिष्ठानका प्रमुख संरक्षक एवं नेपाली काँग्रेस पर्वतका नेता नवराज गुरुङले आफ्ना मातापिताको स्मृतिमा गठन भएको यो संस्थाले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यसवर्ष पनि माघ २९ गते एक सभा गरि स्मृति दिवश मनाउन थालिएको जानकारी दिनुभयो । राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना तथा समाजमा सामाजिक काममा आफ्ना पिता चन्द्रबहादुर गुरुङले खेलेको भूमिका लाई आजको पुस्ता सम्म हस्तान्तरण गर्ने गरि प्रतिष्ठानले काम गर्दै आएको बताउनुभयो । मुलुकमा राणाशासनको बिरुद्धमा चन्द्रबहादुरले खेलेको भूमिकालाई नयाँ पुस्ताले जान्ने र बुझ्ने मौका नपाएपनि उहाँको योगदानलाई पाकापुस्ताले राम्रो संग बुझेको गुरुङले बताउनुभयो । उहाँले प्रतिष्ठानको कार्यक्रममा सबै राजनीतिक दल, सामाजिक संघसंस्था, विद्यालय, आमा समूह, क्लव, महिला समूह, यूवा तथा तरुण समूह लाई सहभागी हुन अनुरोध गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङले चन्द्रबहादुर र राधाकुमारी गुरुङले समाजमा गरेको योगदानको बारेमा चर्चा गर्नुभयो । उहाँले प्रतिष्ठानले गर्ने कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न तयारी गरिरहेको बताउनुभयो । कुश्मा नगरपालिका ३ स्थित डालीपाखामा राधाचन्द्र स्मृति पार्कमा कार्यक्रम गर्न लागिएको गुरुङले जानकारी दिनुभयो । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन नेपाल प्रेस यूनियन पर्वतका अध्यक्ष उत्तम अधिकारीले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here