फलेवास नगरपालिका वडा नं ८ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

32

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा न ८ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक समारोहका विच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास रहेको बताउँनुभयो ।उहाँले जनप्रतिनिधिले आम नागरिकले बुझने गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष मन बहादुर कुवरले वडाले अब आफनै भवन बाट जनताको सेवामा खटन अझ सहज हुने बताउनुभयो । उहाँले वडाबाट सम्पादन हुने कार्यहरु नव निर्मित भवनबाट थप व्यवस्थित रुपमा सञ्चालन गरिने बताउँनुभयो । कुवरले आफु निर्वाचित भए पछि वडामा धेरै कार्यहरुको भएको पनि बताउँनुभयो ।

उद्घाटन कार्यक्रममा कुश्मा नगरपालिकाका उप प्रमुख स्वस्थानी रिञ्जाल, फलेवास नगरपालिकाका संस्थापक मेयर पदमपाणी शर्मा, नेकपा एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष हिरा देवी शर्मा लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
वडा अध्यक्ष मन बहादुर कुवरको अध्यक्षता र स्वागत मनतव्यमा समपन्न भएको कार्यक्रमको सञ्चालन वडा सचिव जिवलाल तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा वडाको विकास र समृद्धिका विभिन्न क्षेत्रबाट योगदान पुर्याउँने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । रु ७३ लाखमा वडा कार्यालय निर्माण गरिएको बताएको छ ।
(भिडियो सामाग्री )
https://fb.watch/qfYazOB9m-/

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here