तेस्रो पाङराङ श्रीकाङ्ग सुन्तला महोत्सब शुरु,स्थानीय उत्पादन बजारीकरणमा टेवा पुग्ने

71

श्री चण्डी श्रीकाङ्ग युवा क्लब फलेवास ११ पाङराङले आयोजना गरेको तेस्रो पाङराङ श्रीकाङ्ग सुन्तला महोत्सब भब्यताका साथ शुरु भएको छ । महोत्सवको फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले उदघाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्नुहुदै नगरप्रमुख गंगाधर तिवारीले नगरले अबको समय बिकासको समयको रुपमा अगाडि बढाइने बताउनुभयो । आफु निर्वाचित भएको करिव डेढ वर्षको समयमा नगरका सडक, खानेपानी, सिंचाइ, शिक्षा, स्वास्थ्य, कृषि लगायत भौतिक पुर्वाधारमा निकै फड्को मारेको बताउनुहुदै आफुले घोषणा गरेका बिकासका सम्पुर्ण कामहरु आफ्नो कार्यकालमा पूरा गर्ने बाचा दोहोराउनुभयो । नगरलाइ रचनात्मक तथा समालोचनात्मक सुझाव दिएर बिकासमा हातेमालो गर्न तथा बिरोधको लागि मात्र बिरोध नगर्न सबैलाइ आग्रह गर्नुभयो । उहाले पाङ्राङको बिकासमा सम्पुर्ण राजनितिक दल, वडाअध्यक्ष,कार्यपालिका सदस्य लगायतको हातेमालो रहेको बताउनुभयो ।

उपप्रमुख शोभकुमारी क्षेत्रीले नगरको समग्र बिकासमा सबै जनप्रतिनिधी एक भएर लागेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, वडा नम्बर ११ का अध्यक्ष रुद्रबहादुर पाठक, वडा नम्बर १० का अध्यक्ष अमरबहादुर क्षेत्री, वडा नम्बर ५ का अध्यक्ष नारायण लामिछने, जग्गादाता शितल कुंवर, वडा सदस्य अनिल कुंवर लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष दिनेश कुंवरकाे अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा सचिव यमन कुंवरकाे स्वागत र पत्रकार दिपेश वि पोखरेल सन्चालन रहेको थियो ।

महोत्सवमा १ लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता,हाजिरीजवाफ प्रतियोगिता लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति संगै स्वादिष्ट सुन्तलाको स्वाद लिदै मंसिर ३० गते सम्म महोत्सव संचालन हुने छ । महोत्सवले सुन्तला सहित स्थानीय उत्पादन बजारीकरणमा टेवा पुग्ने आयोजकले बिश्वास लिएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here