पर्वत भगरा पोखरा सम्पर्क समाजले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित

82

पर्वत । पर्वत भगरा पोखरा सम्पर्क समाजले मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा फलेवास नगरपालिका वडा नं ९ भगरा सहित आसपासका करिब ३५० जनाले स्वास्थ्य परिक्षण गरि औषधी लिएका छन् । शिविरमा जनरल फिजिशियन,नाक कान घाटि,छाला रोग र दिर्घ रोग रोगका दक्ष डक्टरले सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी,माजका संस्थापक अध्यक्ष हुतराज गुरुङ , नि बर्तमान अध्यक्ष नबिन क्षेत्री,समाजका सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, गणेश क्षेत्रि, फलेवास नगरपालिका वडा नं ६ का अध्यक्ष नबिन श्रेष्ठ स्वास्थ्य शिबिर प्रमुख डाक्टर कृष्ण मुरारी अधिकारि लगायतले मन्तब्य राखेका थिए ।
समाजका अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रीले स्वागत र सचिव अग्नि भुसालले संचालन गरेका थिए । गाउँमा नै स्वास्थ्य परिक्षण गर्न पाएको स्थानियले समाजलाई धन्यवाद दिदै खुशी व्याक्त गरेका थिए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here