जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा महाशिलाकी भुषाल प्रथम

289

पर्वत । जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा महाशिलाकी ममता भुषाल प्रथम भएकी छन् । शुक्रबार कुश्मामा शिक्षा बिकास तथा समन्वय इकाइ र समाजिक विकास कार्यालय पर्वतको आयोजनामा भएको प्रतियोगितामा ७ जना सहभागिलाई पछि पार्दै महाशिला गाउँपालिका वडा नं १ अवस्थित सुर्य माविमा अध्ययनरत भुषाल प्रथम भएकी हुन् । प्रतियोगितामा भवानी विध्यपिठ मावि फलेवासका विपिन पौडेल द्धितिय र नेपाल तारा मावि विहादीकी निर्जला खनाल तृतिय भएका छन् । प्रथम,द्धितिय र तृतिय हुनेले नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा प्रथम हुने भुषाल प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा समेत सहभागि हुनेछिन् ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here