जिल्ला स्तरीय हाजिरीजवाफ,वक्तृत्वकला र नृत्य प्रतियोगिता सम्पन्न

83

पर्वत । पर्वतको कुश्मामा जिल्ला स्तरीय शिक्षक हाजिरीजवाफ, विद्यार्थी वक्तृत्वकला र शिक्षक,विद्यार्थीको नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार शिक्षा बिकास तथा समन्वय इकाइ र समाजिक विकास कार्यालय पर्वतको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सुर्य मावि महाशिलाकी ममता भुषाल प्रथम,भवानी विध्यपिठ मावि फलेवासका विपिन पौडेल द्धितिय र नेपाल तारा मावि विहादीकी निर्जला खनाल तृतिय भएका छन् । यस्तै नृत्य प्रतियोगितामा विद्यार्थी तर्फ कुश्मा नगरपालिकाको नारायण मावि प्रथम, विहादी गाउँपालिकाको नेपाल तारा द्धितिय र फलेवास नगरपालिकाको कालिका प्राथमिक विद्यालय तृतिय भएका छन् भने शिक्षक तर्फ विहादी गाउँपालिका प्रथम, कुश्मा नगरपालिका द्धितिय र फलेवास नगरपालिका तृतिय भएको छ ।

हाजिरीजवाफ प्रतियोगितामा मोदी गाउँपालिका प्रथम,फलेवास नगरपालिका द्धितिय र विहादी गाउँपालिका तृतिय भएको छ । प्रथम,द्धितिय र तृतिय हुने समुहले नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । साथै प्रतियोगितामा प्रथम हुने समुह प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुनेछन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले यस्ता क्रियाकलापले विद्यार्थीहरु र शिक्षकमा उत्साह थप्ने बताउँदै आन्तरिक प्रतिष्पर्धाले विद्यार्थी र शिक्षक दुवैमा क्षमता अभिवृद्धि हुने बताउँनुभयो । उहाँले समय समयमा यस्ता कार्यक्रम हुन आवश्यक रहेको बताउँनुभयो ।

शिक्षा बिकास तथा समन्वय इकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र पौडेलले र सञ्चालन शिक्षा बिकास समन्वय इकाइका मनोहरी शर्माले गर्नभएको थियो ।

 

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here