खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङद्धारा डिमुवा,पातीचौर र अम्बोट बजार अनुगमन

102

पर्वत । पर्वतको डिमुवा,पातीचौर र अम्बोट बजारका होटल,रेष्टुरेन्ट,फ्रेस हाउँस तथा किरान पसलहरुमा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा बिहिबार डिमुवा, पातीचौर बजार र बुधबार अम्बोट बजारमा अनुगमन गरिएको हो ।

बढि व्यस्त हुने राजमार्ग छेउँछाउका होटल,रेष्टुरेन्ट तथा खाद्यय पसलहरुमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउँनुभयो । अनुगमनका क्रममा अधिकांस होटल तथा रेष्टुरेनटका भान्सामा सरसफाईको कमी देखिएको छ । भान्सामा फोहोर सहित खानेकुरा नछोपी राखेको भेटीएको श्रेष्ठले बताउँनुभयो । उहाँले होटल तथा रेष्टुरेन्टहरुमा तेलको पटक पटक एउटै तेलको प्रयोग नगर्न  निर्देशन दिदै तेलको प्रयोगको मात्र परिक्षण गरिएको र यस पटक सजग गराई आगमी दिनमा पनि यस्तो पाइएमा कानुन अनुसार कारबाही गर्ने बताउँनुभयो ।यस्तै केही किराना पसल, मासु पसल , ब्यकरी उद्योग दर्ता नगरी सञ्चालन गरेको पाइएकोले अनिवार्यरुपमा दर्ता गर्न निर्देशन दिएको श्रेष्ठले बताउँनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ,पर्यटन तथा उद्योग कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वत, कुश्मा नगरपालिका,उद्योग वाणिज्य संघ पर्वत, प्रहरी,पत्रकार लगायतको टोलीले अनुगमन गरेको थियो ।
साथै होटल,रेष्टुरेन्ट तथा किराना पसल संचालन गर्दा अपनाउँनुपर्ने सावधानी,अखाद्य पदार्थ मिसावट गर्दा उपभोक्तामा हुने हानी, सरसफाई लगायतका बारेमा अनुगमन टोलीले सुझाएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद गुर्जेका सामाग्री डिस्पोज गरिएको थियो ।

 

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here