पर्वत महोत्सवमा दर्शकको भिड (फोटो फिचर)

194

पर्वत । पर्वतमा जारी सातौं पर्वत महोत्सवमा आज शनिबार उल्लेख्य दर्शकको सहभागिता रहेको छ ।  अरु दिनको तुलनामा कारोबार पनि राम्रो भएको छ । माघ ११ बाट शुरु भएको महोत्सवको आज चौथो दिन विदा भएका कारण पनि दर्शकको भिड बढेको आयोजकको अनुमान छ । आज मात्रै २० हजार दर्शकले महोत्सव अवलोकन गरेको पर्वत उद्योग वाणिज्य संघले बताएको छ ।

आज महोत्सवमा गायिका तिर्सना गुरुङ, लोक तथा दोहोरी गायक पशुपति शर्मा, बाल गायिका आयुसमा शर्मा, गायक राजेश बर्देवा लगायतका कालकारहरुले प्रस्तुती राखेका थिए । महोत्समा प्रत्येक दिन रत्यौली गित प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, बेलुकी लाइभ कन्सर्ट लगायतका कार्यक्रमहरु भइरहेका छन् ।

आज महोत्सवमा रहेका स्टलहरुमा पनि राम्रो व्यापार भएको व्यापारीले बताए । बाल उद्यानमा पनि दर्शकले मज्जा लिए ।


पर्वतको उद्योग, पर्यटन, कृषि, कला, संस्कृति र सम्भावनाको उजागर, प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्येश्य राखेर पर्वत उद्योग बाणिज्य संघको आयोजनामा सातौं पर्वत महोत्सव माघ २१ सम्म चल्ने छ ।

महोत्सवको चौथो दिन हेरौँ तस्बिरमा

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here