चार भञ्ज्याङ स्वास्थ्य केन्द्र ( टेलिमेडिसीन सेन्टर ) १० औं बर्षमा

170

पर्वत । पर्वतको फलेवास नगरपालिका ८ ठानामौला खाल्टेमा रहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्र ( टेलिमेडिसीन सेन्टरको ) १० औं बार्षिकोत्सव भब्यताका साथ मनाइएको छ । फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रमका विच बार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले टेलिमेडिसीन स्थापनाले ग्रामिण भेगका जनताको स्वास्थ्य सेवामा पहुँच पुगेको बताउँनुभयो । उहाँले टेलिमेडिसीन सेन्टर सञ्चालनमा आएपछि स्थानियले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाएको बताउँदै यस सेवा प्रभावकारी बन्दै गएको बताउँनुभयो । उहाँले प्रवासमा भएर पनि आफ्नो जन्मभूमिको लागि निरन्तर सेवामा लागिरहने चार भञ्ज्याङ तमु समाज युकेलाई धन्यवाद दिदै समाजका हरेक योजनामा नगरपालिका हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरको समृद्धिका लागि दातृनिकाय, सरकार र निजीक्षेत्रबीच सहकार्य गरेर अघि बढ्ने बताउँनुभयो ।

कार्यक्रममा टेलिमेडिसीन सेन्टर योजनकार तथा चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङले ग्रामिण भेगका बासिन्दाको स्वास्थ्य सेवालाई मध्यनजर गरेर स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउँनुभयो । गुरुङले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले सहज रुपमा उपचार नपाएर ज्यान गुमाउँनु पर्ने बाध्यता अन्त्य गर्न आफुहरु लागि परेको बताउँनुभयो । उहाँले भन्नुभयो, “म गाउँमा हुर्किदै गर्दा धेरै दिदीबहीनी,आमाहरुले सुत्केरी हुन नसकेर ज्यान गुमाउँनु परेको छ । अब फेरी त्यस्तो अवस्था हुन नदिन हामीले स्वास्थ्य सेवामा विशेष जोड दिएका छौ ।”

कार्यक्रममा चार भञ्ज्याङ तमु समाज युकेका सल्लाहकार मेजर बाडेन,फलेवास नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मन बहादुर कुवर, स्थानिय युवा तथा समाजसेवी मिलन सुवेदी, सोडेक नेपाल पर्वतका अध्यक्ष समाजिक अभियान्त देवी प्रसाद तिमिल्सिना,  चार भञ्ज्याङ तमु समाज युकेका अध्यक्ष बेन कुमार गुरुङ, चार भञ्ज्याङ युके नेपाल कोडीनेटर देउँ बहादुरु गुरुङ लगायतले मनतव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा चार भञ्ज्याङ स्वास्थ्य केन्द्रलाई हाल सम्म निरन्तर सहयोग गर्ने पर्वत चार भञ्ज्याङ सेवा केन्द्रका सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङ, स्वास्थ्य केन्द्र इन्चार्ज प्रार्थना पुन, संस्थापक सचिव वुद्धिमान सुवेदी, सदस्य जयन्द्रमान गुरुङ, निर्माण व्यवसायी देवेन्द्रराज गिरी लगायतलाई दोसल्लाह र सम्मानपत्रले सम्मान गरिएको थियो ।

स्वास्थ्य केन्द्रबाट हाल सम्म २६ हजार जनाले स्वास्थ्य सेवा र १ सय ७४ जना विरामीले टेलिमेडिसीन सेवा लिएको स्वास्थ्य केन्द्रका इन्चार्ज प्रार्थना पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा लोक तथा दोहोरी गायक कृष्ण अखेलीले कार्यक्रममा उपस्थित अतिथि र दर्शकहरुलाई सांगितिक प्रस्तुतिद्धारा मनोरञ्जन प्रदान गर्नुभएको थियो । चार भञ्ज्याङ सेवा केन्द्रका अध्यक्ष डम्बर बहादुर  गुरुङको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा स्वागत स्वास्थ्य इन्चार्ज प्रार्थना पुनले र सञ्चालन केन्द्रका सचिव डिल बहादुर वि.कले गर्नुभएको थियो ।

विसं २०६९ सालमा बेलायतमा रहेका पर्वतका चार गाउँ ठानामौला,भगरा,फलामखानी र लामेका नेपालीहरुको सङ्गठन चार भञ्ज्याङ तमु समाज यूकेको पहलमा पर्वत चार भञ्ज्याङ सेवा केन्द्रले चार भञ्ज्याङ स्वास्थ्य केन्द्र स्थापना गरेको थियो । स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवामा दैनिक २५ जनासम्म बिरामीले सेवा लिन आउने गरेका छन्

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here