पर्वतमा “कुश्मा स्केट पार्क” सुरु

27

पर्वत । पछिल्लो समय बालबालिका र युवा पुस्तामा लोकप्रिय बन्दै गहिरहेको स्केट खेल अब पर्वतमा पनि सुरुभएको छ ।पर्वतमै पहिलो पटक ‘स्केट पार्क’ सञ्चालनमा आएको हो ।
पर्वतको सदरमुकाम कुश्माको बन्दना पार्टी प्यालेसमा  ’कुश्मा स्केट पार्क’ सञ्चालनमा आएको छ । कावासतीका सोम थापा,दिनेश मल्ल र बुटवलका मुक्तिराम न्यौपानेले स्केट पार्क संचालनमा ल्याएका हुन ।
दुईजना ट्रेनर सँगै सुरक्षाका लागि हेलमेट, सेफ्टी गार्ड, नि गार्ड लगायतका सामग्री सहित सञ्चालन गरिएको छ ।
कुश्मा स्टेक पार्कको आज एक औपचारिक कार्यक्रमका साथ शुभराम्भ भएको छ । पार्क नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडीले उदघाट्न गर्नुभयो । उहाले यस पार्कले कुश्माको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने बताउदै यस क्षेत्रका बालबालिका र यवा पुस्तालाई शारीरिकसंगै मानसिक रुपमा तन्दुरुस्त राख्न सहयोग पुर्याउने बताउनुभयो ।
एक पटकमा ५० जना खेल्न सक्ने गरि  साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ’स्केट पार्क’ सञ्चालनमा ल्याएको सञ्चालक सोम थापाले बताउनुभयो ।   उहाँले पछिल्लो समय स्केटिङमा बालबालिका  तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्यनजर गर्दै स्केट पार्क सञ्चालनमा ल्याएको बताएका छन् ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here