छुवाछुत रहित समाज निर्माणका लागि मोदी गाउँपालिकामा अन्तरक्रिया

36

पर्वत । मोदी गाउँपालिकामा १८ औँ जातिय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “छुवाछुत रहित सभ्य समाजको परिकल्पना, मोदी गाउँपालिकाको चाहना” भन्ने मुलनाराका साथ मोदी गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समान्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले अहिलेको २१ औं सताब्दीमा पनि छुवाछुत हुनु दुखद भएको बताउँदै यसको अन्त्यका लागि सबै लाग्नुपर्ने बताउँनुभयो । उहाँले भन्नुभयो,“सबै नेपाली एक भएर लागेमा छुवाछुत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैँको लागि समाप्त हुने छ ।” वि.कले दलित समुदायका लागि सविधानमा विशेष व्यवस्था गरिएता पनि कार्यान्वयनमा कमि देखिएको बताउँनुभयो ।

यस्तै, कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले समाजमा जातिय छुवाछुत अन्त्य गर्न आर्थिक वर्ष कार्ययोजना नै तयार पारेर लाग्ने प्रतिवद्धता गर्नुभयो । उहाँले शताब्दीऔं सम्म विभेद र अन्यायको शिकार भएका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन स्थानीय तह तल्लीन रहेको बताउनु भयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछाने, नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सचिवालय सदस्य कविता वि.क, नेपाल उत्पीडित जातिय मुक्ती समाज पर्वतका अध्यक्ष चन्द्र वि.क लगायतले मनतव्य राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा दलित हक,अधिकार र कर्तव्य लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो । साथै कार्यक्रममा सहभागीहरुलाई ‘म जातिय भेदभाव गर्दिन र जातिय भेदभाव सहदिन‘ भनि प्रतिबद्धता समेत गराइएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here