पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा न ६ ले आयोजना गरेको तिन दिने उद्घोषण, भाषण कला एव्म क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । महिलाहरुको नेतृत्व विकासका लागि जेठ १७ देखि १९ गते सम्म सञ्चालित तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष इश्वर गिरीले नेतृत्व विकासका लागि सर्वप्रथम वाककला नै चहिने भएकाले वडाले तालिम सञ्चालन गरेको बताउँनुभयो । गिरीले अझै पनि समाजमा महिला दिदीबहिनीहरु धेरै कुरा थाहा हुदाँहुदै पनि बोल्न नसकेकै कारण पछि परेको बताउँदै यस तालिमले उनीहरुलाई टेवा पुर्याएको बताउँनुभयो । उहाँले सहभागीहरुलाई अब मनका कुरा निर्धक्क राख्न र तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तान पनि आग्रह गर्नुभयो । अध्यक्ष गिरीले वडाबाट सञ्चालन हुने हरेक विकास निमार्णका काममा खबरदारी संगै रचानात्मक सुझाव सल्लाह दिन पनि सहभागिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ६ का वडा सदस्य शिताशु गिरी, शिव गिरी, प्रशिक्षक जमुना वर्षा शर्मा, दिपेश वि पोखरेल र प्रशिक्षार्थीहरुको तर्फबाट जुनु गिरी र प्रमिला गिरीले मनतव्य राख्नुभएको थियो । प्रशिक्षार्थीहरूले यो तालिम मासको अगाडि डर र लाज मुक्त भई निर्धक्क संग वोल्ने कलाको विकासमा सहयोगी वनेको भन्दै कुश्मा नगरपालिका वडा नं ६ लाई धन्यवाद दिएका थिए । साथै कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कुश्मा नगरपालिका वडा नं ६ का वडा सदस्य एव कार्यपालिका सदस्य सविता वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा सचिव अजिता शर्माले गर्नुभएको थियो ।





