पर्वत । धुवाँकोट महाशिला क्याम्पसको संचालाक समिति अध्यक्षमा जीवन उच्चै ठकुरी निर्वाचित हुनुभएको छ । मंगलबार लुंखु देउरालीमा भएको क्याम्पसको तेस्रो अधिवेशनबाट उच्चै निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
क्याम्पसको उपाध्यक्षमा डिल्लीराम पौडेल र सदस्यहरुमा एक बहादुर हमाल, हस्त बहादुर गुरुङ ,ललित हमाल, राम बहादुर सुनार,मिना कुमारी गुरुङ ,कमला कुश्मेली,पेमा कुमारी मल्ल, चन्द्र नेपाली र गुमा कुमारी शर्मा निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष उच्चैले ग्रामिण भेगमा रहेको यस क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरि लाग्ने अताउँनुभयो । उहाले क्याम्पसको स्तर,उन्नतिका लागि आफू पुर्ण रुपमा लागि पर्ने प्रतिबद्धता समेत गर्नुभएको छ । क्याम्पस संचालक समितिमा युवा नेतृत्व आउँदा स्थानीय खुशी भएका छ्न ।





