पर्वत । सामाजिक कार्यमा क्रियाशिल बनौँ युवा क्लबले प्रतिक्षालय निर्माण गरेको छ । जलजला गाउँपालिका वडा नं ९ बनौँ स्थित देउँरालीमा प्रतिक्षालय निर्माण गरेको हो ।
विशेष गरी मलामीहरुलाई पानी आउँदा ओतिन र घाम लाग्दाँ शितल मार्न सहजहोस भन्ने उदेश्यले प्रतिक्षालय निर्माण गरिएको बनौँ युवा क्लबका अध्यक्ष राजकुमार पुनले बताउँनुभयो पछिल्लो समय बनौँ पर्यटकीय स्थल बन्दै गईरहेको छ । यहाँ दिनहु जसो पर्यटक आउँने गरेका छन् । पर्यटकहरुलाई पनि प्रतिक्षालयले थकाई मार्न सहज पुर्याउँने पुनले बताउँनुभयो । बनौँ युवा क्लबले प्रतिक्षालय निर्माण गरेकोमा गाउँलेहरुले खुशी व्यक्त गरेका छन् ।
२०८० सालको तिहारमा बनौँ युवा क्लबले सञ्चालन गरेको देउँसी भैलो कार्यक्रमबाट संकलित रकम र देश तथा विदेशमा रहेका बनौँबासीहरुको सहयोगबाट प्रतिक्षालय निर्माण गरिएको हो । यस कार्यले संस्कृति जर्गेनासंगै सामाजिक काम भएको पुनले बताउँनुभयो । । निर्माण सम्पन्न भएको प्रतिक्षालयको नयाँ वर्ष २०८१ सालको अवसरमा वैशाख १ गते उद्घाटन गर्न लागिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
बनौँ युवा क्लबले आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियानका साथ समय समयमा सामजिक कार्य गर्दै आईरहेको छ ।





