जिल्ला समन्वय समिति पर्वतको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पर्वत उद्योग वाणिज्य संघको ४८ औं साधारण सभा तथा १८ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाइ आज एक कार्यक्रमका बिच बधाई तथा शुभकामना दिइएको हो ।
एकार्कामा परिचयसंगै आत्मियता साटका लागि कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विश्वकर्माले बताउनुभयो । उहाले नवनिर्वाचित पदाधिकारीहरुलाइ व्यवसायी को हकहितमा लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष ठाकुर वि पौडेलले समग्र जिल्लाको बिकासका लागि सबै निकायसंग समन्वय गरेर अघि बढ्ने बताउदै व्यवसायीलाई लगानी गर्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य लगायतले शुभकामना दिनुभएको थियो ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपप्रमुख सोम बहादुर जिसिले संचालम समन्वय अधिकारी कमल प्रसाद पुनले गर्नुभएको थियो ।
(भिडियो सामाग्री)
https://fb.watch/rdWyu-x3xh/





