पर्वत । सामाजिक अभियानका सहयात्रीहरुको भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पर्वतको अर्मादीमा ८०४८ साल देखि सामाजिक परिवर्तनका लागि लाग्ने सहयात्रीहरुको अनुभव आदानप्रदान सहित कार्यक्रम सम्पन्न भएको हो ।

समाजमा रहेको जातीय विभेद र कुरितीका विरुद्ध समाजमा अगुवा गर्ने अगुवाईहरुको भेटघाट तथा आत्मीयता प्रगाढका लागि कार्यक्रमको आयोजना गरिएको सामाजिक अभियान्त निर्मल नेपालीले जानकारी दिनुभयो ।
कार्यक्रममा सामाजिक अभियान्तहरुले जुनसुकै राजनीतिक दलमा आस्था राखेता पनि समाज परिवर्तनका लागि एक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पर्वत,बागलुङ र म्याग्दीका सामाजिक अभियानताहरु सहभागी थिए ।
सामाजिक अभियानका सहयात्रीहरुको भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न
[sidebar name="After post"]





