स्वास्थ्यमन्त्री बस्नेतद्धारा पर्वत अस्पतालको निरिक्षण

5

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरिक्षण गर्नुभएको छ ।
शुक्रवार साँझ पर्वत आउनुभएका बस्नेतले अस्पतालका भौतिक पूर्वाधारदेखि लिएर उपचार सेवा लगायतका बारेमा जानकारी लिनुभएको हो । हालै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मुल्यांकनमा प्रदेशभरीमै उत्कृष्ट बनेको अस्पताललाई बधाई दिँदै यसको थप स्तरोन्नती र गुणस्तरीय सेवा सुविधा प्रदान गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सुविधा पाउने नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै जिल्लावाट प्रदान गर्न सकिने सवै सेवा सुविधा उपलव्ध गराउन समेत निर्देशन दिनुभएको छ । उहाँले अस्पतालका लागि आवश्यक दरवन्दी, एम्वुलेन्स र अन्य उपकरणहरु उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले पर्वत अस्पतालको वर्तमान अवस्था, दरवन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको कमी, ५० शैयाको मान्यता प्रदान गर्नुपर्ने लगायतका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । गिरीले सुविधासम्पन्न क बर्गको १, अन्य २ वटा एम्बुलेन्स, युएसजी मेशिन र हाडजोर्नी सम्वन्धि उपकरण उपलव्ध गराईदिन माग पत्र समेत पेश गर्नुभएको छ ।
२०४६ सालमा १५ शैया क्षमतामा स्थापना भएको जिल्लाको एकमात्र सुविधा सम्पन्न अस्पताल अहिले ५० शैयाको रुपमा स्तरबृद्धि भैरहेको छ । अस्पताल विकास समितिले ४१ शैया थपेर अहिले ५६ शैया संचालनमा आएका छन् । अस्पतालमा ओपिडी सेवा सँगै विभिन्न खालका शल्यक्रिया, डायलासिस, दन्त, हाडजोर्नी, आँखा उपचार लगायतका सेवाहरु प्रवाह हुँदै आएका छन् ।
पर्वत, बाग्लुङ र स्याङ्जाका गरी दैनिक ३ सय जना सम्म बिरामी उपचारका लागि आउनेगरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त बास्तोलाले जानकारी दिनुभयो

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here