पर्वत । शारीरिक रुपमा अशक्त भएका जलजला गाउँपालिका वडा न ४ का भिम बहादुर थापालाई पर्वत फोटोग्राफर संघले आर्थिक सहयोग गरेको छ । १८४ औं विश्व फोटोग्राफी दिवसको अवसरमा शनिबार एक कार्यक्रमका बिच संघले थापालाई नगद ६ हजार ६ सय रुपैया सहयोग गरेको हो । परिवार विहिन थापा आर्थिक रुपमा पनि समस्यामा परेको थाहा पाएपछि आफुहरुले सहयोग गरेको संघका जिल्ला अध्यक्ष नारायण बहादुर केसिले बताउनुभयो । उहाँले सहयोग धेरै थोरै जति भएयता पनि दुखको बेला हातेमालो गर्नु नै ठुलो कुरा भएको बताउनुभयो । केसीले बिगत देखीनै आफुहरुले सामाजिक कार्यहरू गर्दै आइरहेको बताउदै कहि न कतै समाजसंग जोडीनु पर्नेमा जोड दिनुभयो । पर्वत फोटोग्राफर संघले आफ्नो दुख बुझेर सहयोग गरेकोमा पीडित थापाले खुशी व्यक्त गरे । उनले संघलाई धन्यवाद दिदै सबैमा सहयोगको अपिल समेत गरे ।

पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षता,संघका संरक्षक दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वागत संघका सदस्य आरसी पौडेलले र संचालन सचीव बिजय राज शर्माले गर्नुभएको थियो । संघले दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम समेत गरेको थियो ।
शारीरिक अशक्त थापालाई पर्वत फोटोग्राफर संघको सहयोग
[sidebar name="After post"]





