नेपाली कांग्रेस पर्वत प्रदेश ‘ख’ का पार्टी सचिव रसाईलीले गरे कांग्रेस परित्याग

361

। नेपाली कांग्रेस पर्वत प्रदेश सभा ‘२’ का क्षेत्रीय सचिव ठाकुर रसाईलीले कांग्रेस परित्याग गरेका छन् ।

१४औं महाधिवेशनबाट क्षेत्रीय सचिवमा निर्वाचित भएका रसाईलीले सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

‘यो परिस्थितिमा मेरो विगत, वर्तमान र भविष्य समेतको समीक्षा एवं मुल्यांकन गर्दा यहि क्रम र गतिले म कुनै पद र भुमिकामा रहिरहन औचित्य नरहेको निष्कर्षका साथ आजैको मितिबाट सचिवको जिम्मेवारी, पार्टीको क्रियाशील र साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको अवगत गराउँदछु’, जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो दिनमा युवा पंक्ति माझ विद्यमान भइरहेको चरम निराशा, पार्टी भित्रको गुटबन्दी तथा द्वन्दको रचनात्मक व्यवस्थापन र जनअपेक्षासहितका काम गरी आशा भरोसा दिलाउने सवालमा समेत जिम्मेवार पदमा रहेर पनि केही गर्न नसकिने अवस्था बनेकोले आफूले कांंग्रेस परित्याग गरेको रसाईलीले बताए ।

केही दिन अघि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशीसहित ३१ कांग्रेसले पार्टी परित्याग गरेका थिए ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here