बैशाख २२ देखि जलजला ९ बनौमा प्रथम वडाअध्यक्ष कप, तयारी तिब्र

316

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं ९ बनौमा बैशाख २२ गते दखि प्रथम वडा अध्यक्ष कप हुने भएको छ । वडा कार्यालय बनौको मुख्य आयोजना र बनौ युवा क्लब,आदर्श युवा क्लब, सरस्वती युवा क्लबको सह— आयोजनामा विविध प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रम हुन लागेको हो । “जनप्रतिनिधि र युवाहरुको जोड आमुल परिवर्तनको निरन्तर खोज” भन्ने मुल नाराका साथ २५६७ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित प्रथम वडाअध्यक्ष कपमा सर्वाधिक राशि पुरस्कारको पुरुष भलिबल प्रतियोगिता, पुरुष बास्केट बल प्रतियोगिता, महिला भलिबल र प्रौड भलिबल प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष गौ बहादुर पुर्जाले जानकारी दिनुभयो ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५ हजार सिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ५५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, बास्केटबल प्रतियोगितामा प्रथमले नगद १ लाख ५ हजार सिल्ड, मेडल र प्रमाणपत्र, द्धितियले ५५ हजार सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिनुभयो । महिला भलिबल प्रगियोगितामा प्रथमले ४० हजार सिल्ड,मेडल र प्रमाणपत्र, द्धितियले २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भने प्रौड भलिबल प्रतियोगितामा प्रथमले ४० हजार सिल्ड,मेडल र प्रमाणपत्र, द्धितियले २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

जनप्रतिनिधि र वडाबासी विचको सम्बन्धलाई थप प्रगाण गर्न र बनौ गाउँको प्रचारप्रसारसंगै खेलकुदको विकासका लागि वडाअध्यक्ष कप आयोजना गरिएको वडा अध्यक्ष गौ बहादुर पुर्जाले बताउँनुभयो । उहाँले कार्यक्रमको तयारी तिब्र पारिएको समेत बताउँनुभयो । पुर्जाले कार्यक्रमका लागि स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भइरहको बताउँदै आफनो गाउँको विकासका लागि सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्नुभएको छ ।

साथै कार्यक्रममा हरेक दिन सांस्कृतिक कार्यक्रम रहने र बैशाख २६ गते दिप ज्योति डान्स स्टुडियो, कल्चर ड्रेस हाउस र शेरी ग्याङगको विशेष सांस्कृति प्रस्तुति रहने आयोजकले बताएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here