महाशिलाका अर्गानिक उत्पादन पर्वत महोत्सवमा बिक्री

107

पर्वत । महाशिला गाउँपालिकामा उत्पादित अर्गानिक बस्तु पर्वत महोत्सवमा बिक्रीका लागि राखिएको छ । महाशिला गाउँपालिका ५ ज्यामिरेमा सञ्चालित एफ. एफ कृषि तथा बहुउद्देशिय सहकारी संस्थाले अर्गानिक बस्तु बिक्रीमा राखेको हो ।

महाशिला गाउँपालिकामा उत्पादित अलैची,फर्सी,मकैको पिठो,मकैको आटा,कोदोको पिठो, आलुचिप्स,काउली,वन्दा, अदुवा,वेसार,अदुवको धुलो,तरुल,उखु,कचो,सिल्टुम जस्ता अर्गानिक वस्तु बिक्रीका लागि रोखेको संस्थाका सञ्चालक एवम महाशिला गाउँपालिका वडा नं ५ का वडा सदस्य तिलक जैसीले बताउँनुभयो । जैसीले ग्रामिण भेगमा उत्पादित बस्तु प्रचारप्रसार सहित बजारिकरणका लागि महोत्सवमा राखेको बताउँनुभयो । उहाँले महाशिलाकै मुल्यमा उत्पादित वस्तु बिक्री गर्ने बताउँनुभयो । “हामीले महाशिलाकै मुल्यमा अर्गानिक वस्तु बिक्री गर्न ल्याएका छौ ।” उहाले भन्नुभयो,

महोत्सवमा कृषिज्ञान केन्द्र पर्वतको समन्वयमा स्टल नं. ९ मा महाशिलाका अर्गानिक वस्तु राखिएको छ । पर्वतको उद्योग, पर्यटन, कृषि, कला, संस्कृति र सम्भावनाको उजागर, प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्येश्य राखेर पर्वत उद्योग बाणिज्य संघले बुधबारबाट सातौं पर्वत महोत्सव सञ्चालन गरेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here