पर्यटकको रोजाईमा पर्दै प्रसिद्ध बाटुलेचौर मन्दिर (फोटो फिचर)

86

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक बाटुलेचौर मन्दिर पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ । पर्वत सदरमुकाम कुश्मा बजारबाट केही किलोमिटर मात्र टाढा रहेको पुरातात्विक एवम धार्मिक महत्व बोकेको मन्दिरमा आन्तरिक पर्यटकको चहलपल हुन थालेको हो । यहाँ आज भोलि दैनिकी जसो आन्तरिक पर्यटक घुम्न तथा मन्दिर दर्शन गर्न आउँने गरेका छन् ।

राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर महायज्ञ गरेको किंवदन्ती छ । यहाँ पुजाआजा गरेमा शक्ति प्राप्त हुने तथा आटेकेको पुग्ने जनविश्वास रहिआएको छ । ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा पछिल्लो समय १० फिट अग्लो भगवान शिवको मूर्ति स्थापना गर्नाले झनै आकर्षण बढेको छ । मन्दिर वरपर १ सय ८ पिपलको चौतारा समेत निर्माण गरिएको छ । यहाँ बडादशै,शिवरात्री, बालाचर्तुदशी र चैत्रअष्टमीमा विशेष मेला लाग्ने गरेको छ ।

 

मन्दिर परिसरबाट अन्नपूर्ण,धौलागिरि हिमशृङ्खलाका साथै पर्वत, बागलुङ र स्याङ्जाका विभिन्न भाग देख्न सकिने भएकाले पर्यटक तस्बिर खिचाउँनकै लागि भए पनि यहाँ पुग्ने गरेका छन् ।

मन्दिरको तल्लो भागमा स्थानियले सञ्चालन गरेको किङफिस्यर होमिस्टेले झनै पर्यटक तान्न मद्दत पुर्याएको छ । होमिस्टे भित्र राखिएका विभिन्न किसिमका मौलिक तथा आधुनिक बस्तुहरुले पर्यटकलाई आर्कषित गरेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here