राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको अध्यक्षमा पुजा कार्की

93

पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको १८ औँ बार्षिक साधारण सभा एवम छैठौँ अधिवेशन सम्पन्न भएको छ । शनिबार कुश्मा बजारमा सम्पन्न अधिवेशनबाट पुजा कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सन्तोष पौडेल,द्धितिय उपाध्यक्षमा,सुदिप क्षेत्री,महिला उपाध्यक्षमा मञ्जु वि.क, सचिवमा सुमन केसी, सह—सचिवमा गंगाराम परियार,कोषाध्यक्षमा ज्ञानु शर्मा, सह— कोषाध्यक्षमा कमला देवी पौडेल चयन भएका छन् ।यस्तै सदस्यहरुमा सिता पौडेल,विष्णु प्रसाद तिवारी, यम बहादुर वि.क, कृष्ण कडेल, शिव प्रसाद शर्मा हरि परियार (वियोगी ) कृष्ण गिरी, जयराम परियार, देवी परियार र शोभा रिमाल लगायत रहेका छन् । नवनिर्वाचित अध्यक्ष पुजा कार्कीले लोक संस्कृतिको जर्गेना गर्न सधै अग्रसर भएर लाग्ने प्रतिवद्धता गर्नुभएको छ । साथै नवनिर्वाचित सदस्यहरुले आजै केन्द्रिय समितिका पदधिकारीहरुको रोवरमा सपथ ग्रहण गरेका छन् ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here