पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौै पर्वत महोत्सव आयोजना हुने

73

पर्वत। पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौ पर्वत महोत्सव हुने भएको छ । महोत्सव २०७९ माघ ११ देखी २१ सम्म हुने आयोजक संस्था पर्वत उद्योग वाणिज्य संघले जनाएको छ ।
“समृद्ध पर्वत हाम्रो चाहाना ” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।
पर्वत उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा करिव २५० वटा स्टल रहने र पाच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल समितिका संयोजक गोपी अधिकारीले जानकारी दिनु भयो ।
सुक्रवार पत्रकार सम्मेलको आयोजना गर्दै महोत्सवको तयारीको वारेमा जानकारी दिदै महोत्सव सफल वनाउनका लागि आवश्यक समितीहरु गठन गरि सकिएको र श्रोत व्यवस्थापनमा लागेको आयोजकले जनाएको छ ।

महोत्सवमा विश्वकै अग्लो वन्जीजम्प ,जिपलाइन कालिगण्डकी नदीमा र्याप्टिङ, लामाझोलुङ्गेपुल अवलोकन गुग्तेश्वर गुफा, अलेपेश्वर गुफा अवलोकन, आकर्षक रहेने छन् भने स्थानिय घरेलू उत्पादको विक्री तथा औधोगिक प्रदर्शनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुको प्रदर्शनी, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी रहने छन् ।
हरेक दिन राष्ट्रिय कलाकारहरुको सांगितीक प्रस्तुती, वाल उद्यान , दोहोरी गित प्रस्तुती, भजन प्रतियोगिता , गण्डकी प्रदेश स्तरिय भलिवल प्रतियोगिता खूल्ला दौड प्रतियोगिता लगाएतका आर्षक प्रस्तुतीहरु रहेने छन् ।
महोत्सव अवलोकनका लागि सामान्य टिकट दर १०० रुपैया रहेको छ भने विद्यार्थीका लागि ४० प्रतिशत छुट उद्योग वाणिज्य संघका आजिवन सदस्यहरु आपाङ्ग, र ७० वर्ष भन्दा माथिका बृद्धहरुका लागि निशूल्क टिकट व्यवस्था हुने महोत्सवका आर्थिक संयोजक ठाकुर वि पौडेलले जानकारी दिनु भयो ।
महोत्सवमा उद्योग वाणिज्य संघमा आवद्ध सदस्यहरु, लघु घरेलु ,कृषि तथा महिला उद्यमीहरुका उत्पाद विक्रीगर्न स्टल भाडामा २५ प्रतिशत र गण्डकी प्रदेशका उद्योग वाणिज्य संघको सिफारिसमा आएका व्यवसायीहरु लाई स्टलभाडामा १० प्रतिशत छुट गरिने आयोजकले जनाएको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here