महाशिलामा ऐतिहासिक तिज मेला हुने

571

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीमा तिज मेला हुने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा स्थानिय सदावहार युवा क्लबले मेलाको आयोजना गरेको हो । मेलामा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, खुल्ला तिज गित प्रतियोगिता लगायत अन्य मनोरञ्नात्मक कार्यक्रम आयोजना गरिएको क्लबका सचिव नविन मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुनेले ७१ हजार १ सय ११, द्धितियले ४१ हजार १ सय ११, तृतियले २१ हजार १ सय ११ र सान्त्वना हुने टिमले ११ हजार १ सय ११ ट्रफि, मेडल र प्रमाणपत्र पाउँने छन् । यस्तै नृत्य प्रतियोगितामा प्रथमले ५ हजार, द्धितियले ३ हजार र तृतियले १५ सय पाउँने छन् । भने तिज गित प्रतियोगितामा प्रथम हुने समुहले ६ हजार, द्धितिय हुनेले ४ हजार र तृतिय हुनेले २ हजार प्राप्त गर्ने छन् । कार्यक्र यहि भाद्र ११ देखि १४ गते सम्म संचालन गरिने क्लबका अध्यक्ष आशिष उच्चै ठकुरीले जानकारी दिनुभयो । ठकुरीले ऐतिहासिक रुपमा संचालन हुदै आएको मेला कोराना भाइरसका कारण विगतका २ बर्ष हुन नसकेको बताउँदै यस वर्षको मेला भव्यरुपमा सफल पार्न सवैमा अनुरोध गर्नुभयो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here