पहिरोले महाशिला गाउँपालिकामा एक घर र दुई गोठ बगायो, दर्जनौं घर जोखिममा

98

पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नम्बर ५ लुंखु ठाडपाखा चाउकेमा पहिरोले एक घर र दुई गोठ बगाएको छ । अविरल बर्षासंगै आएको पहिरोले स्थानीय केशब प्रसाद क्षेत्रीको घर गोठ र रुपमागत अधिकारीको गोठ पुर्णरुमा बगाएको हो । पहिरोले कुनै पनि मानवीय क्षती नभए पनि रुपमागत अधिकारीको भने गोठमा रहेको एक भैंसी, पाडो र १३ वटा बाख्रा पुरेको छ ।

निरन्तर बर्षा भइरहेकाले उद्घार कार्यमा अवरोध भएको इलाका प्रहरी कार्यालय लुंखुका प्रहरी सायक निरीक्षक झपेन्द्र गिरीले जानकारी दिनुभयो । केशाव प्रसाद क्षेत्री र रुपमागत

अधिकारीको परिवारको भने आफन्तको बसेका छ्न ।यस्तै पहिरोका कारण महाशिला गाउँपालिका वडा ५ चपाइ थरका ४ घर पनि उच्च जोखिममा परेका छ्न । घर माथीबाट झरेको पहिरो र भेलले घरमा क्षती पुर्याउदाँ तीन घर विस्थापित भएका छ्न । अहिले भने उनिहरु सुरक्षीत स्थानमा सरेका छ्न ।

महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौं घर जोखिममा परेको महाशिला गाउँपालिकाका वडा सदस्य तिलक जैशीले जानकारी दिनुभयो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here