पर्वत । मानव अधिकारका लागि महिला एकल महिला समुहको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सभा सदस्यमा पर्वतबाट निर्वाचित मनरुपा सुवेदीलाई शुक्रबार समुहले एक कार्यक्रमका विच बधाई दिदै सम्मान गरेको हो ।
एकल महिला भएर पनि समाजमा डटेर सघर्ष गरेको र अहिले राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै समुहले सम्मान गरेको अध्यक्ष अजिताका शर्माले बताउँनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीले पति गुमाएको २० वर्षसम्म आफुले धधेरै संघर्ष गर्नु परेको सुनाउँदै अधिकारका लागि आवाज उठाउँनुपर्ने बताउँनुभयो ।मनरुपाले राष्ट्रिय सभामा महिला तथा बालबालिकाका मुद्दालाई दृढताका साथ उठाउने बताउँनुभएको छ
कार्यक्रममा नेपाल अपाङग् उत्थान समाज पर्वतका अध्यक्ष जगनाथ शर्मा,समुहका सल्लाहकार उमा कुमाल, मानव महिला सञ्जालकी अध्यक्ष सरु भ्ण्डारी, मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल, कुश्मा नगरपाकिला वडा न. ४ का अध्यक्ष दिनेश श्रेष्ठ, ६ का अध्यक्ष इश्वर गिरी, ७ का अध्यक्ष परशुराम पुरी, कुश्मा नगरपालिकाका पुर्व उपप्रमुख सिता काफ्ले लामिछाने, बर्तमान उपप्रमुख स्वस्थ्नी रिजाल लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
समुहका अध्यक्ष अजिता शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत सदस्य भिम कुमारी पौडेल र सञ्चालन सचिव खिममाया पाइजाले गर्नुभएको थियो ।
(भिडियो सामाग्री
https://fb.watch/pYIbTjyK9A/





