पर्वत । शान्तिचौर युवा क्लब फलेवास ६ आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम २०८० भब्यताका साथ सुरु भएको छ ।
कार्यक्रमको उदघाट्न गर्दै प्रतिनिधि सभा सदस्य एवं एमाले प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारले जनअपेक्षा पुरा गर्न नसकेको आरोप लगाए।
सांसद गिरीले जनताका तमाम समस्या समाधान गर्न सरकारले कुनै पनि काम गर्न नसकेको बताए । उनले आर्थिक मन्दी र युवाको विदेश पलाएन रोक्नका लागि सरकारसंगै कुनै ठोस योजना नभएको समेत बताए ।
सरकार बनेको १ बर्षमा देखिने गरी जनतासंग सरकारले कुनै काम उल्लेख गर्न नसक्ने समेत गिरीले जिकिर गरे ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा क्षेत्री फलेवासका पूर्व नगर प्रमुख पदमपाणी शर्मा वडा नं ५ का अध्यक्ष नवीन कुमार श्रेष्ठ लगाएतले मनतब्य राखेका थिए ।

१ लाख ३१ हजार राशि पुरस्कारको भलिबल प्रतियोगिता,नृत्य प्रतियोगिता, भजन प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता संगै हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथ कार्यक्रम माघ १३ गते सम्म संचालन हुने छ ।

क्लबका अध्यक्ष सुर्य बहादुर कुमारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत सचिव गिरिजा शर्माले र संचालन संचारकर्मी दिपेश वि पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा बिमल राज क्षेत्री,कृष्ण अखेली,नविना सुबेदी,सुरेश परियार, अर्जुन थापा, कृष्ण कडेल, डान्सर जुनु एसडि, सिर्जना गुरुङ लगायतको प्रस्तुतिका साथमा black feather band को लाइभ कन्सर्ट रहनेछ ।





