न्याउँले युवा क्लबले आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

216

पर्वत । न्याउँले युवा क्लब मोदी ५ बाजुङले आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पौष २७ देखि माघ ४ गते सम्म सञ्चालन भएको कार्यक्रममा भलिबल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता लगायत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो ।

भलिबल प्रतियोगितामा प्रथम बाजुङ युवा क्लब,द्धितिय आयोजक न्याउँले युवा क्लब र तृतिय हाइजुङ युवा क्लब कास्की भएको छ । प्रथम,द्धितिय र तृतियले क्रमश ७१ हजार १ सय ११,३५ हजार १ सय ११ र २१ हजार १ सय ११ शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै, मोदी गाउँपालिका आधारभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा प्रथम सरस्वती मावि,द्धितिय देउपुर नमुना अग्रेजी आवसीय मावि र तृतिय सृजना अग्रेजी आवसीय मावि भएका छन् ।


समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भक्त कुवरले यस्ता मेला महोत्सवले खेलकुदको विकास र समृद्धिमा टेवा पुग्ने बताउँदै गाउँमा लुकेर रहेका अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने अवसर पनि प्रदान गर्ने बताउँनुभयो । कुवरले खेलकुदले शारिरीक र मानसिक रुपमा तन्दुरुस्त राख्नुका साथै खेलाडीहरुलाई पछिल्लो समय आर्थिक समृद्धिमा पनि सहयोग पुर्याएको बताउँनुभयो । उहाँले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा न्याउँले युवा क्बले आयोजना गरेको कार्यक्रमले खेलाडीहरुलाई क्षमता अभिवृद्धिका लागि मदत पुर्याएको बताउँनुभयो ।

कार्यक्रममा युवा क्लबको खेल मेदानका लागि जग्गा प्रदान गर्ने जग्गादाता, सहयोगीदाता लगायतलाई सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष जगत कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मोदी गाउँपालिका ५ का वडासदस्य बम बहादुर कुवरले र सञ्चालन सञ्चारकर्मी दिपेश वि पोखरेलले गर्नुभएको थियो ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here