पर्वत-जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) खुमलाल भुसाललाई गण्डकी प्रदेश प्रहरी कार्यलयले सम्मान गरेको छ । उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा प्रदेश प्रहरी कार्यलयले भुसाललाई आइतबार सम्मान गरेको हो ।
सहकारी ठगी प्रकरणमा ३ वटा मुद्दा दर्ता तथा ७ जना प्रतिवादीहरु पुर्पक्षका लागि कारागार चलान, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, आन्तरिक प्रशासन व्यवस्थापन लगायत शीर्षकमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै डिएसपी भुसाललाई सम्मान गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी भुसाल सहित गण्डकी प्रदेशका १९ जना प्रहरी सम्मानित भएका छन ।
प्रदेश प्रहरी कार्यालयद्वारा पर्वतका डिएसपी भुसाल सम्मानित
[sidebar name="After post"]





